अनौठो क्षमता ! कानले बेलुन फुलाउन सक्छन् यी व्यक्ति (भिडियाेसहित)
6 years अगाडी
Susma Dhakal
मान्छेको क्षमता पनि थरीथरीको हुँदो रहेछ । भारतमा एकजना यस्ता मानिस छन् जसले आफ्नो कानबाट जोडसँग हावा निकालेर बेलुन फुलाउन सक्छन् । उत्तर प्रदेशको सोनभद्र नामक जिल्लामा बस्ने मणिशंकर पाण्डे नामका युवकले आफ्नो कानले नै बेलुन फुलाउँछन् । बेलुन फुलाउने मात्र कहाँ हो र ? उनले त कानैले स्वास फुकेर बलिरहेको मैनबत्ती पनि निभाइदिन सक्दछन् ।
वर्षौँदेखिको मेहेनतपछि अहिले आफुले सजिलैसँग यो काम गर्नसक्ने मणिशंकर बताउँछन् । कानले बेलुन फुक्नुअघि उनले गहिरो स्वास लिएर सास भित्रै रोक्दछन् । त्यसपछि नाकमुख बन्द गर्दछन् र कानबाट जोडसाथ हावा बाहिर निकाल्दछन् र बेलुन फुलाउँदछन् । आफ्नो क्षेत्रमा हुने विभिन्न समारोह तथा महोत्सवहरुमा मणिशंकरले आफ्नो त्यो कला देखाएर सबैलाई अचम्ममा पार्ने गरेका छन् ।
June 6, 2019 12:42 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
Loading...