नेपाली जनप्रगतिशिल मोर्चा साउदिको चौथो अधिबेसन सम्पन्न, १९ सदस्यीय कार्यसमिति चयन ।
“स्वाभिमान समानता र रोजगारी ग्यारेन्टीको लागि प्रवासी मजदुर एक हौं” “विचार संप्रेषण गर्दै नेपालमा वैज्ञानिक समाजवाद स्थापन गरौं” भन्ने मुल नाराका साथ नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको प्रवासि संगठन नेपाली जनप्रगतिशिल मोर्चा साउदिको चौथो अधिबेसनले साउदि अरबको राजधानी रियादमा सम्पन्न भएको छ । साधारण भेलाले १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्य समितिमा युबराज कार्की (शेखर) अध्यक्ष, सेते घर्ती मगर (कसम) उपाध्यक्ष, टिकाराम वली( सुरेश) महासचिव, बिपिन शर्मा सचिव, प्रबिन जि.सी. कोषाध्यक्ष रहेका छन् । त्यसैगरी सचिवालय सदस्यहरुमा मोर्चा केन्द्रिय सास्कृतिक बिभाग इन्चार्ज इन्द्र बि.क.,रियाद क्षेत्रीय इन्चार्ज हिक्मत रोकामगर :,दममा क्षेत्रीय इन्चार्ज राम थापा, जेद्दा क्षेत्रीय इन्चार्ज कैलाश मैनाली लगायत गणेश अर्याल,इन्द्र बि. क., इस्लाम अली, थोम गुरूङ,माधब घिमिरे सन्देश मगर, तोया भट्ट, केदार रावत, मोहन बिक, राम खत्री, बिर बहादुर खड्का रहेका छन् भने सल्लाकारहरुमा क्रमशः दिल शुब्बा, तिर्थ पाख्रिन तथा भानु पर्देशी रहेका छन् ।
ज्ञात अज्ञात सहिदको नाममा एक मिनेट मौन धारणबाट सुरु गरिएको कार्यक्रमको अध्यक्षता तिर्थ पाख्रिनले गरेका थिए भने संचालन शिखरले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै दिपेश परियारले नेपालका दलालहरु प्रबासमा व्यापक रुपमा रहेकाले ती दलालहरुसँग नेपाली जनप्रगतीसिल मोर्चा सधै डटेर सामना गर्ने बताए । आफुलाई खाटि समाजसेवि बताउने नै दलाल तस्करी तथा हुन्डी लगायत कालो धन्दा चलाउने भएको जिकिर गर्दै परियारले उनिहरु विरुद्ध मोर्चा सधै डटेर लड्ने उद्घोष गरे । कार्यक्रम अतिथिका रुपमा उपस्थित जनाएका एनआरएनए आइसिसि सदस्य तथा भुतपुर्व बैदेशिक रोजगार तथा आप्रबासी कामदार कल्याणकारका संयोजक धर्म के.सी., एनसीसी साउदिका अध्यक्ष नारायण पासवान लगायतका बक्ताले आ-आफ्नो मन्तव्य राखेका थिए । के.सीले नेपाली राजनितिमा एकमात्र प्रष्ट र देश भक्त पार्टी नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको नेकपा रहेको जिकिर सो पाटीलाई लगाएको प्रतिबन्धप्रति राज्यको कडा निन्दा गरे । उनले साउदिमा व्याप्त विचौलिया र दलालहरु बिरुद्ध मोर्चाले चलाएको खबरदारीलाई मुक्त कण्ठले प्रशंसा गरे । साथै उनले नेपाली कामदारहरुको समस्याको चुरो पहिचान गरि दलाल र बिचौलियाहरुलाइ निरुत्साहित पार्न नेपाली दूतावास र सम्बन्धित निकायले कडाइका साथ चासो देखाउनुपर्ने बताए ।

कार्यक्रममा जनयुद्धका शहिद पुत्र दुर्गा वलिले “हामी प्रतिबन्धित मान्छे” भन्ने शिर्षकमा कबिता वाचन गरेका थिए । त्यसैगरी मोर्चाका सल्लाहकार दिल सुब्बाले आफ्नो भनाई राख्दै हिजो पनि लडेर आएको र आवश्यक परे देश जनताको लागि पुनः लड्न तयार रहेको बताए । मोर्चाका पुर्ब अध्यक्ष तथा सल्लाहकार भानु प्रदेशीद्वारा गतिशील भाइचारा मोर्चाहरुले पठाएको शुभकामना बाचन गर्दै दलालको बिरुद्ध सबै एकजुट भएर लड्ने बताए ।
चौथो अधिवेशनको समापन गर्दै सभाअध्यक्ष तिर्थ पाख्रिनले राज्यका आडमा प्रबासमा दलाली धन्दा चलायर हुन्डी व्यावसाय गर्नेहरूको पहिचान टरि मोर्चाले सामाजिक रुपमा नङ्गाएर छोड्नुको विकल्प नभएको बताए ।
समाचार श्रोत: युबराज कार्की
June 7, 2019 12:03 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने