युरोपियन नेशन्स लिगको उपाधिका लागि पोर्चुगल र नेदरल्याण्ड खेल्ने
युरोपियन नेशन्स लिगको उपाधिका लागि पोर्चुगल र नेदरल्याण्ड खेल्ने भएका छन् । दोस्रो सेमिफाइनलमा नेदरल्याण्डले इंग्ल्याण्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो । यसअघि भएको पहिलो सेमिफाइनलमा पोर्चुगलले स्वीट्जरल्याण्डलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो नेदरल्याण्ड्समा भएको खेलमा नियमित समय १–१ गोलको बराबरीमा टुंगिएको थियो । त्यसपछि थपिएको अतिरिक्त समयमा नेदरल्याण्डले दुई गोल गर्यो । जसमा एक गोल आत्मघाती पाएको थियो ।

३२ औं मिनेटमा मार्कस रासफोर्डले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । ७३ औं मिनेटमा माथियास डि लाइटले गोल गर्दै खेल बराबरीमा पुर्याए । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयको सातौं मिनेटमा केल वाल्करले आत्मघाती गोल गरेपछि नेदरल्याण्डले अग्रता लियो । २४औं मिनेटमा क्वीन्सी प्रोम्सले गोल गरेपछि नेदरल्याण्डले फाइनलको यात्रा पक्का पार्यो ।

नेदरल्याण्ड फाइनलमा पुग्दा इंग्ल्याण्ड भने तेस्रो स्थानका लागि खेल्नेछ । तेस्रो स्थानका लागि आइतबार हुने प्रतिस्पर्धामा इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड खेल्नेछन् । फाइनल खेल भने सोमबार हुनेछ ।
June 7, 2019 11:25 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप