चर्चित निर्देशक राजकुमार हिरानीको फिल्ममा शाहरुख खान
एजेन्सी। बलिउड सुपरस्टार शाहरुख खान अर्का चर्चित निर्देशक राजकुमार हिरानीको फिल्ममा मुख्य भूमिकामा आउने भएका छन् । फिल्म रोमान्टिक लभ स्टोरी हुने बताइएको छ । राजकुमार हिरानीले अहिलेसम्म निर्देशन गरेका कुनै पनि फिल्म फ्लप भएका छैनन् ।
हिरानीले निर्देशकको रुपमा मुन्ना भाइ एमबीबीएसबाट डेब्यू गरेका थिए । त्यसपछि निर्देशकको रुपमा उनले लगे रहो मुन्ना भाइ, थ्री इडियट्स, पीके र संजू बनाए । यी सबै फिल्म ब्लकबस्टर रहे ।
राजकुमार हिरानी र शाहरुखका बीचमा यही फिल्मलाई लिएर धेरै पटक मिटिङ भइसकेको छ। त्यसपछि किङ खान नयाँ प्रोजेक्टका लागि तयार भएको एजेन्सीहरुले जनाएका छन्। छिट्टै राजकुमार हिरानीसँगको नयाँ फिल्मी यात्राका बारेमा शाहरुखले घोषणा गर्ने छन्।
राजकुमार हिरानीको ब्यानरमा बन्ने यो फिल्मको निर्माण पनि हिरानीले नै गर्ने छन्। फिल्म जिरोको असफलतापछि शाहरुख कुनै प्रकारको जोखिम उठाउन तयार छैनन्। पछिल्लो पटक चीनमा आयोजना भएको एक कार्यक्रममा शाहरुखले आफ्नो अघिल्लो फिल्मको घोषणा जुनमा गर्ने बताएका थिए।
June 8, 2019 11:05 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री