

सहकारीको चर्को ब्याज नियन्त्रण गर्नुपर्छ : मन्त्री अर्याल

कास्की – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी नागरिकको संस्था हुँदाहुँदै पनि पनि चर्को ब्याज लगाएको गुनासो आएको बताउनुभएको छ।सहकारी विभागले शुक्रबार आयोजना गरेको प्रदेश तथा स्थानीय तहका सहकारी नियामक अधिकारीका लागि सहकारी प्रवर्द्धन कार्यशालाको उद्घाटन गर्दै मन्त्री अर्यालले सहकारीले चर्को ब्याज लिएकाे सुनेको बताउँदै नागरिकको सिधा पहुँचान रहेका सहकारीले चर्को ब्याज लिन नहुने बताउनुभयो ।
सदस्यले धान्न नसक्ने ब्याजदर सहकारीले लगाउन नहुने उहाँको भनाइ थियो। ‘सहकारीमा अधिकांश न्युन आय भएका शेयर सदस्य रहेका छन। शेयर सदस्यले धान्न नसक्ने ब्याजदर निर्धारण गर्नु भएन’, मन्त्री अर्यालले भन्नुभयो। मन्त्री अर्यालले ग्रामीण तथा विपन्न वर्गको पहुँच पुर्याउने गरी कार्यक्षेत्र विस्तार गर्न सहकारीहरुलाई सुझावसमेत दिनुभयो। स्थानीय समुदाय र महिलाको उद्यमशिलताको विकासमा ध्यान दिन मन्त्री अर्यालले अनुरोध गर्नुभएको थियो।
June 8, 2019 11:59 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

रविन्द्रले जिते एमएफएन टाइटल

