

भारतमा एक नेपालीको हत्या

बैतडी – बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो भारतको पिथौरागढ जिल्लाको बृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको बताइएको छ । जेठ ६ गते हत्या गरिएको भए पनि चन्दलाई उडियारी जङ्गलमा लगेर गाडेको र शुक्रबार स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । चन्दको हत्या गरेको आरोपमा पिथौरागढका नीरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ ।
चन्द भारतमा मजदूरी गर्दै आउनुभएको थियो । हत्याको आरोपमा पक्राउ परेका नीरज कुमार जीपका सहचालक रहेको बुझिएको छ । मादक पदार्थ सेवन गरी विवाद हुँदा कुमारले फलामको रडले चन्दको टाउकोमा हिर्काएका थिए । टाउकोमा गम्भीर चोट लागेका चन्दलाई जीपमा राखी जङ्गलमा लगेर गाडेको निजले प्रहरीसँग दिएको बयानमा बताएका थिए ।
मृतक चन्दको शव परीक्षणका लागि पिथौरागढको एक सरकारी अस्पतालमा राखिएको भारतीय प्रहरीलाई उढृत गर्दै जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । शव ढिला गरी फेला परेकाले सडेको अवस्थामा रहेको छ । घटनास्थल नेपाल–भारत सीमा नाका बैतडीको झुलाघाटबाट १८ किलोमिटरको दूरीमा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
June 8, 2019 1:29 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

रविन्द्रले जिते एमएफएन टाइटल

