

यी हुन् गर्मी मौसमको लागी उपयोगी खानेकुराहरु

एजेन्सी । गर्मिको मौसममा हुने तापक्रमको बृध्द्धीले गर्दा हाम्रो शरिरबाट धेरै पसिना आउने र शरिरमा पानीको कमी हुने, चर्को घामको कारणले गर्दा छालाको समस्या निम्त्याउने, विभिन्न प्रकारका भिटामिन र मिनरल्सहरुको कमी हुने आदी जस्ता समस्याहरु देखा पर्ने हुन्छ।यस्ता समस्याहरुबाट बच्नको लागी हामीले गर्मीमा केहि खानेकुराहरुलाई खानामा समाबेस गराउन सक्छौं ।
जान्नुहोस् गर्मिको लागी महत्व्पूर्ण स्वास्थ्यबर्द्क खानेकुराहरुको सुची
खरबुजा: गर्मिको मौसममा शरिरमा पानीको मात्रा कम भएमा स्मरण शक्ती नास हुने, मनस्थिती स्थायी नहुनाको साथै अन्य थुप्रै समस्याहरु देखिने हुन्छ । खरबुजामा ९२ प्रतिसत पानी हुन्छ। यसको अतिरिक्त भिटामिन , मिनरल्स र छालाको सुरक्षाको लागी अतीनै उपयोगी हुनुका साथै खरबुजाको सेवनले शरिरलाई सितलता समेत प्रदान गर्दछ ।
मकै : मकैमा रहेको नामक उपयोगी रसायनले छालालाई सुर्यको किरणबाट बचाउने हुँदा छालामा दाग आउनबाट बचाउँछ ।
चिसो कफि : चिसो कफिको सेवनले छालालाई सुर्यको किरण र अधिक तापक्रमबाट हुने हानीलाई कम गर्दछ । युरोपीयन जर्नल अफ क्यान्सर प्रीभेन्सनले प्रकासित गरेको एउटा लेख अनुसार ९३००० महिलाहरुमा गरिएको एक सर्भेक्षणमा क्याफिन भएको चिसो कफी दैनिक १ कप पिउने ब्यक्तीमा छालाको क्यान्सर हुने सम्भावना १० प्रतिसतले कम हुने तथ्य्य प्राप्त भएको छ ।
गोलभेडा : गोलभेडालाई रातो रङ दिने रसायन क्यारोटीनोइड्स (carotenoids) ले सुर्यबाट आउने हानिकारक परबैजनी किरणलाइ छाला डढाउन बाट रोक्ने गर्दछ ।
सुन्तला : सुन्तलामा ८० प्रतिसत पानी हुनुको साथै पोटासियम पनि पाइने हुँदा पसिनाबाट खेर जाने पानी र पोटासीयमको मात्रा पुर्ती गर्नको लागी यो उपयोगि हुन जान्छ ।
सुपको साग : सुपको सागमा भिटामिन सि, भिटमिन बि, फोलेट, क्याल्सियम, पोटासियम, आइरन आदी पाइन्छ। शरिरमा पानीको मात्रा कम हुनबाट रोक्नुको साथै यसमा पाइने उपयोगी तत्वले मृगौलाको कार्यलाई समेत सहयोग गर्दछ ।
ग्रिन टी : ग्रिन टी ले शरिरमा पानीको मात्रा सन्तुलन गरी पानीको कमी हुनबाट बचाउनुको साथै क्यान्सर र मुटुको रोगबाट पनि शरिरलाई बचाउँछ ।
सलाद र गाढा हरियो रङको साग : सलाद र गाढा हरियो रङको सागको सेवनले गर्मिको कारणले पसिनाको रुपमा खेर गएको भिटामिन र मिनरल्स हरुको कमी पुर्ती गर्नुको साथै सुर्यको किरणबाट छालालाई जोगाउछ ।
नरिवलको पानी : नरिवलको पानीमा भिटामिन बि , भिटमिन सि, बिभिन्न मिनिरल्सहरु, सुगर र शरिरलाई चाहिने एमिनोएसिडहरु पाइन्छ। यसको पानीले तिर्खा मेटाउनुको साथै त्यसमा पाइने तत्वहरुले शरिरमा पानीको मात्रा पनि सन्तुलन गर्दछ ।
उखुको जुस : उखुको जुसले शरिरलाई सितल राखी चिनिको मात्रा पुरा गर्द्छ ।
कांक्रो : कांक्रोले शरिरमा पानीको मात्रा सन्तुलन गर्नाको साथै भिटमिन र मिनरल्सको पुर्ती गरी पेट समेत स्वस्थ्य राख्द्छ ।
दही : दहीमा चिल्लोको मात्रा नहुने र यसले पेट अनि पुरा शरिरलाई सितलता प्रदान गर्द्छ ।
June 8, 2019 3:48 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

