Friday 13th March 2026

आज साँझ प्रधानमन्त्री ओली युरोप भ्रमणमा जाँदै

7 years अगाडी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ एक साता लामो युरोप भ्रमणका लागि स्वीट्जरल्याण्ड प्रस्थान गर्दै छन्।प्रधानमन्त्री ओली जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।

समारोहमा ४० देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता हुने छ। त्यसैगरी जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा संबोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ।

त्यस्तै जेठ २९ गते फ्रान्स जाने प्रधानमन्त्रीले त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नौ दिने भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

          June 8, 2019 5:01 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...