

यसरी बन्दैछ नारायणी नदीमा चल्ने ‘मिनी पानी जहाज’ !

चितवन – पानी जहाजको बहस चलिरहँदा चितवनको नारायणी नदीमा चलाउन मिल्ने गरी ठूलो क्षमताको मोटरबोट (‘मिनी पानी जहाज’) बनिरहेको छ । भरतपुर महानगरपालिका वडा नं. १६ काब्रेघाटमा मोटरबोट बनाउने काम भैरहेको हो ।निर्माण भइरहेको ठाउँ वरपर टिनको बार लगाइएको छ भने भित्र मजदुरले काम गरिरहेका छन् । निर्माण भइरहेको ठाउँमा भित्र जाने अनुमति कमैलाई मात्र दिइएको छ । निर्माण सम्पन्न भइसकेपछि मात्र यसबारे जानकारी दिने कम्पनीले जनाएको छ । ज्ञानेश्वर सामुदायिक वन क्षेत्रमा निर्माण भइरहेको मिनी पानी जहाजको ‘स्ट्रक्चर’ बनेको छ । नदीमा राखेर थप संरचना बनाउने र त्यसको ‘वेट ब्यालेन्स’ हेर्दै अरु काम गर्ने तयारी छ । अबको केही महिनाभित्र यसलाई सञ्चालनमा ल्याउने तयारी छ ।
भारतको केरलाबाट ल्याइएका प्राविधिकले दैनिक काम गरिरहेका छन् । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले निर्माण गरिरहेको मिनी पानी जहाजमा १५ जना चालक र तीनसय जना यात्रुको क्षमता हुनेछ । माथिल्लो भागमा यात्रु बस्ने मिल्ने गरी सिट तयार हुँदैछ । दुई तले ‘पानी जहाज’ मा माथिल्लो तलामा यात्रु रहनेछन् । नदीमा पाँच मिटर गहिराई भए चल्न सक्नेगरी यो जहाज बनाइएको छ । नारायणी नदीको मुग्लिनदेखि त्रिवेणीधामसम्म यो मिनी पानी जहाज चलाउने लक्ष्य राखिएको छ ।
पानी जहाज बनिरहेको र यसको चर्चा पनि बढ्दै गएकाले पर्यटक बढ्ने संकेत देखिएको ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले बताउनुभयो । वनभोज खाने क्षेत्रको रुपमा चिनिएको ज्ञानेश्वर क्षेत्रमा पानी जहाज अर्को नयाँ पहिचान पनि थपिएकोमा स्थानीय बासिन्दा खुसी भएको उहाँले बताउनुभयो ।
यसैबीच नारायणी नदीमा पानीजहाज सञ्चालनको सम्भाव्यता सम्बन्धी पहिलो चरणको अध्ययन सुरु भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले मंगलबारदेखि पहिलो चरणको अध्ययन सुरु गरेको हो । चितवनको दासढुंगादेखि नेपाल–भारत सीमानामा पर्ने गण्डक ब्यारेजसम्म करिब ९० किलोमिटर क्षेत्रमा नारायणी नदीको गहिराइ नाप्ने काम भइरहेको हो । नाप जाँचको सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।
June 9, 2019 10:01 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

रविन्द्रले जिते एमएफएन टाइटल

