कतारको राजदूतका लागि डा.वाग्ले सिफारिस
काठमाण्डौ – सरकारले कतारसहित चार देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले कतारका लागि डा.नारद वाग्ले भारद्वाज, बंगलादेशका लागि डा.वंशीधर मिश्र, अष्ट्रेलियाका लागि महेश दाहाल र स्पेनका लागि दावाफुटी शेर्पाको नाम सिफारिस गरेको हो । उनीहरुलाई संसदीय सुनुवाइका लागि सिफारिस गर्ने निर्णय भएको छ ।
कतारका लागि सिफारिस वाग्लेले त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म अंग्रजी विषय प्राध्यापन गर्नुभएको छ । यसअघि सरकारले कतारबाट राजदूत रमेश कोइराला, बंगलादेशबाट डा.चोपलाल भुसाल र स्पेनबाट भरत रायमाझीलाई फिर्ता बोलाएको थियो ।
अष्ट्रेलियाका लागि राजदूत लक्की शेर्पाले भने राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा दिएपछि अस्ट्रेलियामा ६ महिनादेखि राजदूत थिएन ।दक्षिण कोरिया र दक्षिण अफ्रिकामा भने अझै राजदूत खाली छ । यस्तै अमेरिकाका लागि राजदूत डा.अर्जुन कार्कीको पदावधि सकिए पनि अर्को व्यवस्था नभएसम्मका लागि कार्यविधि थपिएको छ ।
June 9, 2019 11:25 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन