तपाईंजस्तै ठ्याक्कै अर्को व्यक्ति खोजिदिने भेटियो वेबसाइट, हेर्नुहोस् फोटो
एजेन्सी– आफ्नो जस्तै अनुहार भएको व्यक्ति देख्दा निकै रोमाञ्चक अनुभव हुनसक्छ । साधारणतया सेलिब्रिटीले मात्र यस्तो मौका पाएका हुन्छन् किनभने उनीहरु जस्तै देखिने चाहना धेरैको हुन्छ र थोरै मेल खाँदा पनि उनीहरु चर्चामा आएका हुन्छन् । तर यदि कसैले चाहेको खण्डमा जोसुकैले आफ्नो डुप्लिकेट खोज्न सक्छन् । यसका लागि तपाईंलाई ट्विन स्ट्रेन्जर्स डट नेट ( twinstrangers.net) ले सहयोग गर्नेछ सन् २०१५ को अप्रिलमा नियाम गिनी नामक एक २६ वर्षीय विद्यार्थी र टेलिभिजन प्रस्तोताले आफ्ना दुई साथीसँग मिलेर ट्विन स्ट्रेन्जर्स नामक प्रोजेक्ट सुरु गरेका थिए । केही महिनाभित्रै उनीहरु आफ्नो प्रोजेक्टले काम गरेको देखेर जिल परे । प्रोजेक्ट सुरु गर्ने व्यक्तिले नै आफ्ना एक होइन दुईजना लुकअलाइ भेटे ।


यस्तै डबलिनकी नियामले आफ्नो पहिलो डुप्लिकेट पाइन् कारेन ब्रेनिगनको रुपमा । दुबैको भेट पनि भयो र उनीहरुको फोटो सोसल मिडियामा भाइरल पनि भए । माथिको तस्बिरमा नियाम बायाँ र कारेन दायाँपट्टी छन् । यतिमात्र होइन, केही समयपछि इटलीकी लुइसा गिजार्डीले उनको वेबसाइटमार्फत उनीहरुलाई सम्पर्क गरिन् । नियाम यो देखेर अचम्म भइन् कि लुइसा पनि काटीकुटी उनीजस्तै देखिन्थिन् । नियाम लुइसालाई भेट्न इटाली पनि गइन् जहाँ लुईसाकी आमाले नियामलाई देखेर आफ्नै छोरीजस्तो लागेको बताइन् । (नियाम र लुईसाको यो दोस्रो तस्बिर)


यो वेबसाइटमा यस्तै प्रकारका अन्य ‘अपरिचित जुम्ल्याहा’ का तस्बिर र भिडियो छन् । यो वेबसाइटमा रजिस्टर गरेपछि आफ्ना केही फोटो अपलोड गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले केही विकल्पमाथि क्लिक गर्नुपर्ने हुन्छ । यसमा तपाईंको अनुहारको ढाँचा बारे सोधिन्छ जस्तै अनुहारको आकार, आँखा र आँखी भौंको प्रकार । तपाईंलाई दिइएको विकल्पमा सबैभन्दा उपयुक्तमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो डाटाबेसमा तपाईंको अनुहारसँग मिल्दो जुल्दो अनुहार छानेर देखाउनेछ स्मरण रहोस् यो वेबसाइटको सुरुवाती सुविधा निःशुल्क दिइएको छ । यसको डाटाबेसमा गहिरो अनुसन्धान गर्नका लागि तपाईंले पैसा तिर्नुपर्ने हुन्छ । साथै, तपाईंको डुप्लिकेट पाइन्छ नै भन्ने पनि कुनै ग्यारेन्टी हुँदैन ।
June 9, 2019 12:02 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग