काँक्रोका १५ रोचक तथ्य साथै नियमित काँक्रो खानुको यस्ता आश्चर्यजनक फाइदा
आज हामी तपाइँलाई काँक्रोका १५ रोचक तथ्य र यसका स्वास्थ्यमा आश्चार्यजनक फाइदाहरु के के हुन् भन्ने जानकारी दिँदैछौँ।
१. काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ।
२. सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ । यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् । यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ।
३. यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ । मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ।
४. काँक्रो एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसमा पाइने भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ।
५. पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ।
६. यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ।
७. धेरै अध्ययनहरुले के पुष्टि गरेका छन् काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसंग लड्न मद्दत गर्छन्।
८. रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ।
९. मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ।
१०. यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ।
११. काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो।
१२. यसमा पाइने उच्च एन्टिअक्सिडेन्टले जोर्नी दुखाईलाई पनि मद्दत गर्छ।
१३. यसले युरिक एसिडको लेभललाई पनि घटाउँछ।
१४. यसले इन्सुलिन उत्पादनका लागि प्याङक्रियाजलाई सहयोग गर्छ, त्यसैले काँक्रो मधुमेहका रोगीका लागि उपयोगी हुन्छ।
१५. यसले खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ ।
June 9, 2019 4:21 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड