भारतलाई पहिलो सप्ताहन्तमा नै १५० करोड
सलमान खानको चलचित्र ‘भारत’ ले प्रदर्शनको पहिलो सप्ताहन्तमा सानदार कमाइ गरेको छ । सलमान खानसँगै कट्रिना केफको मुख्य भूमिका रहेको चलचित्रले १५० करोडमाथिको कमाइ गरिसकेको छ । चलचित्रमा सलमान खान पाँच फरकफरक अवतारमा देखिएका छन् । इदको अवसरमा गएको बुधबार प्रदर्शनमा आएको चलचित्रले पाँचौ दिन २७.९० करोड भारु कमाएको छ । जस अनुसार, चलचित्रले पहिलो सप्ताहन्तमा १५० दशमलव १० करोडको व्यापार गरिसकेको छ ।
चलचित्रमा सलमान खान र कट्रिना केफका साथै सुनील ग्रोवर, दिशा पटनी, तब्बु, नोरा फतेही, ज्याकी श्राफलगायतका कलाकारको अभिनय रहेको छ । ‘भारत’ कोरियन भाषको फिल्म ‘ओड टु माई फादर’ को हिन्दी रिमेक हो । भारतीय ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘भारत’ ले प्रदर्शनको पहिलो दिन बुधबार ४२.३० करोड, बिहीबार ३१ करोड, शुक्रबार २२.२० करोड, शनिबार २६.७० करोड, आइतबार २७.९० करोड अर्थात् जम्मा १५० दशमलव १० करोड भारुको गरिसकेको छ ।
चलचित्रमा सलमान खान ‘भारत’ नाम गरेका एक युवा अवस्थाको व्यक्तिदेखि ७० वर्षीय वृद्धसम्मको पाँचवटा भिन्न भिन्न अवतारमा देखिएका छन् । सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिने बेलाको त्रासदीपूर्ण समयको भागदौडमा आफ्ना बुबा र सानी बहिनी गुमाएका ‘भारत’ ले आफ्ना परिवारका जिम्मेवारी कसरी उठाउँछन् र हराएका बुवा र बहिनीको खोजी गर्दाको संघर्षलाई चलचित्रमा चित्रण गरिएको छ ।
June 11, 2019 9:52 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री