

भूतपूर्व भारतीय सैनिकको सुविधाका लागि म्याग्दीमा सैनिक बोर्ड स्थापना

काठमाडौँ । म्याग्दीमा भारतीय सेनाबाट सेवानिवृत्त सैनिकको सुविधाका लागि जिल्ला सैनिक बोर्डको कार्यालय स्थापना गरिएको छ। म्याग्दी को सदरमुकाम बेनीमा स्थापना भएको बोर्डको सोमबार भारत सरकारका रक्षा सहचारी कर्नेल अवनिश चाम्बियलले उद्घाटन गरेका हुन्। भारतीय रक्षा सहचारी कर्नेल चाम्बियलले बोर्ड स्थापना गर्न सफल भएकोमा जिल्लाका भुपूसैनिकलाई बधाई तथा शुभकामना व्यक्त गरे।
उनले भारत सरकार र नेपाल सरकारबीचको सम्झौताअनुसार तथा म्याग्दीवासीको माग र आवश्यकतालाई ध्यानमा राखी म्याग्दीमा जिल्ला सैनिक बोर्ड स्थापना गरिएको बताए ।साथै उनले बोर्ड स्थापनासँगै भारतीय सेनाबाट अवकाशप्राप्त भुपूसैनिकले पाउने सेवासुविधा जिल्लामै पाउने जानकारी दिए । भारत र नेपाल सरकारको सम्बन्ध प्राचीनकालदेखि नै सांस्कृतिक, धार्मिक तथा राजनीतिकरूपमा प्रगाढ रहको उनको भनाइ थियो ।
नेपाली भुपूसैनिकको हरेक समस्या समाधानका लागि भारत सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको उनले बताए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सैनिक बोर्ड स्थापनाले भुपूसैनिकलाई ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।कार्यक्रममा भुपूसैनिक कल्याणकारी सेवा केन्द्र म्याग्दीका अध्यक्ष क्याप्टेन मीनबहादुर कार्कीले म्याग्दीका भुपूसैनिकको १६ वर्षसम्मको सङ्घर्षपछि जिल्ला सैनिक बोर्ड स्थापना हुन सफल भएको बताए । म्याग्दीमा पाँच हजार बढी भारतीय भुपू सैनिक रहेका उनले जानकारी दिए ।
June 11, 2019 10:31 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

रविन्द्रले जिते एमएफएन टाइटल

