आफ्नै परिवारका सदस्यमाथि धारिलो हतियार प्रहार गर्दा तीन जना घाइते
सिन्धुली – दुधौली नगरपालिका–१३ ठाकुरदमार निवासी ४५ वर्षीय तिलकबहादुर खत्रीले धारिलो हतियार प्रहार गरी आफ्नै परिवारका तीन जनालाई घाइते बनाएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मानसिक सन्तुलन ठीक नभएका खत्रीले श्रीमती ४० वर्षीया कृतीकुमारी, बुहारी २२ वर्षीया सपना र १९ वर्षीय सुरेश खड्का (कृती कुमारीको भदा) लाई खुर्पाले हिर्काएर घाइते बनाएका हुन् ।
हतियार प्रहारबाट गम्भीर घाइते भएका कृतीकुमारी र सुरेशलाई उपचारका लागि विराटनगर पठाइएको छ । बुहारी सपनाको भने स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । खुर्पा प्रहारबाट कृतीकुमारीको टाउको र पेटमा तथा सुरेशको तिघ्रामा गम्भीर चोट लागेको छ । बुहारी सपनाको हातमा चोट लागेको छ । खुर्पा प्रहार गर्ने तिलकबहादुरलाई इलाका प्रहरी कार्यालय डकाहाबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
June 11, 2019 10:56 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी