छोराले चलाएको मोटसाइकल दुर्घटनामा परी आमाको मृत्यु
7 years अगाडी
Susma Dhakal
रौतहट । रौतहटको गरुडामा मोटरसाईकल दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ। रौतहटको गरुडा नगरपालिका–८ जिंगडिया बिर्ता प्रहरी स्कुल अगाडि छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेकी आमाको ज्यान गएको हो ।
बिर्ताबाट गरुडा जाँदै गरेको बिआर २२ एन ३२९८ नम्बरको भारतीय मोटरसाईकलको पछाडी बसेकी राजपुर नगरपालिका वडा नम्बर ९ की ७० वर्षीया शेख भुउली साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
पैदल यात्रीलाई जोगाउने क्रममा मोटरसाइकल अनियन्त्रित भई पल्टिदाँ महिला गम्भीर घाइते भएकी हुन् । गम्भीर घाइते उनको उपचारका क्रममा चन्द्रनिगाहपुर ल्याउँदै गर्दा उनको ज्यान गएको हो। मोटरसाईकल चालकलाई भने पहरीले नियन्त्रणमा लिएको छ।
June 12, 2019 9:50 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
Loading...