

विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा

विश्वकप क्रिकेटमा बुधबार अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । सन् १९९९ पछि पहिलोपल्ट विश्वकपमा जवाफी ब्याटिङ गरेर पराजित भएको अष्ट्रेलिया इंग्ल्याण्डमा जारी आईसीसी एकदिवशीय विश्वकपमा बुधबार पाकिस्तानविरुद्ध पुनरागमन जित हासिल गर्ने लक्ष्यमा हुनेछ । यस खेल टाउटोनको काउन्टी क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । आफ्नो पूरा शक्तिका साथ अष्ट्रेलियाको बलिङ आक्रमण भारतविरुद्धको खेलमा संघर्षरत देखिएको थियो । गएको बिहीबार द ओभलमा पहिलो इनिङमै लगभग खेलबाट बाहिरिइसकेको थियो ।
३ सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा ब्याट्सम्यानले साविक विजेताको साख जोगाउन आफ्नो शतप्रतिशत प्रदर्शनको प्रयास गरेका थिए । तर, जवाफी पारीको कुनै पनि समयमा अष्ट्रेलियाले खेल नियन्त्रणमा लिन सकेन । महत्वपूर्ण समयमा उसले विकेट गुमाइरहेको थियो ।यद्यपी एलेक्स केरीको प्रदर्शनले सायद सबैको ध्यान खिचेको थियो । पूरै ब्याटिङपंक्तिमा उनै एक थिए जसले च्याम्पियन शैलीमा रन बटुलेका थिए ।त्यसको विपरित पाकिस्तान टिम जसले यूएईमा अष्ट्रेलियाविरुद्धको श्रृंखला ५–० ले पराजित भएको थियो । र, आरोन फिन्चको टोली त्यही जितलाई निरन्तरता दिने अभियानमा हुनेछ ।
पाकिस्तान आफूमाथि लागेको ‘अप्रत्यासित टिम’को ट्यागमा खरो उत्रिएको छ र अहिलेसम्म प्रतियोगितामा त्यसको विपरित प्रदर्शन गरिरहेको छ । उसले प्रतियोगिताको आफ्नो पहिलो खेलमा वेष्ट इण्डिजसँग लज्जास्पद ७ विकेटको हारपछि घरेलु टोली इंग्ल्याण्लाई १४ रनले पराजित गरेको थियो । आफ्नो बाटोमा रहेको श्रीलंकालाई पाखा लगाउने उसको योजना सफल हुन पाएन । किनभने खेलको नतिजा आउनुअघि नै वर्षाले रद्ध भयो । अष्ट्रेलियाविरुद्धको खेलमा पनि उसलाई त्यस्तै प्रदर्शनको जरुरी हुनेछ जस्तो उनीहरुले इंग्ल्याण्डविरुद्ध गरेका थिए । टाउटोनमा बुधबार सुख्खा र बदलीयुक्त दिनको पूर्वानुमान गरिएको छ । यस्तो अवस्थाको पीचमा खेलको सुरुआती ओभरमा फाष्ट बलर प्रभावकारी हुनेछन् । सायद कप्तानहरु टस जितेर फिल्डिङ रोज्न इच्छुक हुनेछन् ।
June 12, 2019 10:08 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

