Wednesday 23rd July 2025

हेर्नुहोस्, शरीरको तौल घटाउन काँक्रो पानीको प्रयोग, प्रयोग गर्ने विधि सहित

6 years अगाडी

काँक्रो स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा हामीले थाहा पाएकै हौँ । तर काँक्रो पानी अझै लाभदायक हुने रहेछ । काँक्रोलाई चिरापारेर मिसाएको पानी, काँक्रोको चिरा र यसबाट निस्कने पानी दैनिक सेवन गर्नाले शरीरमा जम्मा भएको अनावश्यक बोसो तथा तौल आपसेआप घटेर जाने कुरा हालैको एक अनुसन्धानले पुष्टि गरेको छ ।यसका साथै यदि तपाई शारीरिक रूपले तन्दुरुस्त रहन चाहनु हुन्छ भने काँक्रोको पानी यथेष्ट मात्रामा पिउने गर्नुहोस् ।

यद्यपि कतिपय अवस्थामा काँक्रो पानी खल्लो पनि हुनसक्छ तर जब कुरा हाम्रो स्वास्थको आउँछ हामीले नमिठो भनेर पन्छिन पनि त मिल्दैन हुनत कतिपय अवस्थामा वा भनौँ जानकारीको अभावमा हामी मीठो सर्बत तथा पेय पदार्थको पछि लाग्ने गर्छौ । यद्यपि त्यस्ता पेय पदार्थले स्वास्थ्यमा हानी पुर्‍याई रहेको हुन्छ । काँक्रो पानी अति स्वस्थकर हुन्छ र यसको तुलनामा अन्य बजारिया पेय पदार्थ नगन्य बराबर हुन्छ । तसर्थ यो स्वस्थकर पानी दैनिक रुपले सेवन गर्नुहोस् र शरीरको अनावश्यक तौल लगायतका समस्याहरुबाट छुटकारा पाउनुहोस् ।

शरीरमा जम्मा भएको अनावश्यक बोसो पगाल्नका लागि क्यालोरिको मात्रामा रोकथाम गर्न अति आवश्यक छ र यसका लागि काँक्रोको पानी भन्दा उत्तम अरु केही हुनै सक्तैन । यो पानीमा क्यालोरीको मात्रा शून्य बराबर हुन्छ । जस्तै एक ग्लास स्याउको जुसमा ११३ क्यालोरी आबद्ध रहन्छ । त्यस्तै एक ग्लास पानीमा १५० क्यालोरी रहन्छ । तर काँक्रोको पानीमा भने क्यालोरीको मात्रा शून्य बराबर हुन्छ । यो काँक्रो पानी सेवन गर्नाले तपाईँको पाचन प्रक्रिया समेत सन्तुलनमा आउँछ । जब तपाईंले तिर्खा महसुस गर्नुहुन्छ त्यसबखत तपाईँको शरीरले भोकको पनि अनुभव गरिरहेको हुन्छ । काँक्रो पानीले तपाईँको शरीरमा पानीको अभाव हुन दिदैँन र

तपाईँको भोक समेत मेटाउने काम गर्छ । हो, त्यही कारणले यो पानी सेवन गर्नेगर्नाले तपाईँको शरीरमा जम्मा भएको अनावश्यक बोसो जसलाई तपाई यथा सम्भव चाँडै अन्त्य गर्न चाहनु हुन्छ पग्लेर जान्छ ।माथि उल्लेखित फाइदाहरू बाहेक, यो काँक्रो पानीले छालामा नरमपना ल्याउने काम पनि गर्छ किनकि काँक्रोमा सिलिकन डाइअक्साईड भन्ने गुण अधिक मात्रामा आवद्ध हुन्छ जसको प्रयोग डन्डीफोर, छालामा भएको दाग, रातो टाटा जस्तो समस्यामा अति लाभदायक हुन्छ । यसका साथै काँक्रोमा विषादी नाशक तत्व हुनुका साथै भिटामिन ए र डी को मात्रा अत्यधिक रहन्छ ।

काँक्रो पानी तयार पार्ने बिधि

१. एउटा ताजा काँक्रो

२. दुई लिटर सफा पिउने पानी

३. एउटा ठूलो जग

एउटा ताजा र स्वादिलो काँक्रो लिनुहोस् । यसको माथिल्लो भागमा हुन सक्ने कीटाणु तथा फोहरबाट छुटकारा पाउनका लागि यसलाई सफा पानीले पखाल्नुहोस् । तपाईँलाई मनपर्छ भने यसको छाला ताछे पनि हुन्छ । होइन भने यसको छालालाई त्यसै छाडिदिनुहोस् । अव यसलाई गोलो चिरा पारेर काट्नुहोस् र यसलाई सफा पानीले भरिएको जगमा राख्नुहोस् जगमा भएको पानी र काँक्रोको चिरालाई एक रात छोपेर राख्नुहोस् । तपाईँलाई मन पर्छ भने आफ्नो स्वाद अनुसार यसमा पुदिनाको केही पातहरू, एउटा कागतीको रस अथवा केही स्ट्रबेरी थपे पनि हुन्छ । काँक्रो पानी खाली पेटमा सेवन गरे पनि हुन्छ । यो पानी सेवन गर्नाले शरीरमा साइडइफेक्ट गर्ला भन्ने चिन्ता लिनुपर्दैन । यो पानीलाई तपाईंले साधारण पानी जस्तै तिर्खा लागेको बखत पिउँदा हुन्छ ।

          June 12, 2019 10:30 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...