Sunday 10th August 2025

टिपरको ठक्करबाट ट्याक्टर खोलामा खस्यो

6 years अगाडी

विराटनगर,विराटनगर पुष्पलालचौक पूर्व रहेकाेे सिंघिया खोलाको पुलबाट ट्याक्टर झरेको छ ।विराट चाेेेक-पुष्पलाल चाेक सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ट्याक्टरलाई टिपरले ठक्कर दिएपछि पुलबाट सिंघिया खोलामा झरेको हो ।दुर्घटनास्थल विराटनगर– १ र १९ को सीमा क्षेत्रमा पर्छ ।

पूष्पलालचोक–विराटचोक सडक खण्डमा ना ५ ख ५२६४ नम्बरको टिपर पुलको पश्चिम तर्फ उकालोमा ब्याक सरेपछि पछाडी आउँदै गरेको ट्याक्टरलाई ठक्कर दिएको थियो ।ठक्करका कारण को २ त ३०८५ नम्बरको ट्याक्टर खोलामा झरेको हाे । ट्याक्टरका चालकले भने हाम्फालेर ज्यान जोगाएका छन् । दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

          June 12, 2019 2:27 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...