

मोरङमा नौं जनालाई डेंगुको संक्रमण, सुनसरीमा साढे पाँचसय पुगे

विराटनगर । मोरङमा नौं जनामा डेंगुको संक्रमण देखिएको छ । एक महिना धरानमा भेटिएको डेंगुको संक्रमण मोरङ सुनसरी र झापामा फैलिएको छ । मोरङमा पाँचदिन अघि सुन्दरहरैचाका एक जनामा डेंगुको संक्रमण देखिएको थियो । तर बुधवार सम्म ९ जनामा डेंगु पाइएको हो ।मोरङको केरावारी गाउँपालिका, बेलवारी, पथरी शनिश्चरे र उर्लाबारी नगरपालिकामा १–१ जनामा डेंगुको संक्रमण देखिएको छ । सुन्दरहरैचा नगरपालिकामा – ३ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै विराटनगर महानगरपालिकामा २ जनामा डेंगुको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।बुधवार साँझ सम्म सुनसरीमा मात्र संक्रमितको संख्या पाँचसय ४८ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४७४, बिजयपुर अस्पतालमा ७९, एपेक्स अस्पताल इटहरीमा १ र इटहरी अस्पतालमा ३ जना विरामीको उपचार भइरहेको छ । झापामा २ जनामा संक्रमण देखिएको छ । तीन जिल्लामा संक्रमण भेटिएपछि प्रदेश सरकारले नियन्त्रणको काम सुरू गरेको छ ।
विराटनगरमा उच्च सतर्कता : मंगलबार एकै दिन २ जनामा डेंगुको संक्रमण देखिएपछि विराटनगर महानगरपालिले उच्च सतर्कता अपनाएको छ । महानगरपालिका जनस्वास्थ्य महासाखाका अधिकृत सुवास नेपालका अनुसार महानगरपालिकाले डेंगु नियन्त्रणकालागि स्प्रे गर्ने र डेंगु सार्ने लामखुट्टेको बासस्थान नस्ट गर्ने काम सुरु गरेको छ ।
मंगलबार संक्रमण देखिएपछि बुधवार विराटनगर– १, २, ३ र १० नम्बर वडामा मालाथिन फगी स्प्रे काम सुरु गरेको उनले बताए । बुधवारबाट डेंगुको लार्भा पहिचान टोली पनि परिचालन भएको छ । महानगरको वडा नम्बर १ र ३ मा १–१ जनामा डेंगुको संक्रमण देखिएको थियो । संक्रमितको विराटनगर अस्पताल र नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ ।
June 13, 2019 10:26 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

