

फिफा यु २० विश्वकप फाइनल : कोरिया रिपब्लिक र युक्रेन इतिहास रच्ने दाउमा

विराटनगर । फिफा यु २० विश्वकपको उपाधिकालागि कोरिया रिपब्लिक र युक्रेन बिच प्रतिस्पर्धा हुँदैछ । सेमिफाइनल खेलमा इक्वेडरलाई पराजित गर्दै कोरिया रिपब्लिक पहिलो पटक फिफा यु–२० विश्वकपको फाइनलमा प्रवेश गर्दा उपाधि दाबेदार मानिएको दरिलो टोली इटालीलाई पराजित गर्दै युक्रेन फाइनल प्रवेश गरेको हो ।दुबै सेमिफाइनल खेल मंगलबार राति भएका थिए । दुई टोलीमा जीतमा गोल अन्तरपनि समान १–० छ । पहिलो पटक विश्वकपको फाइनल प्रवेश गरेका दुबै टोली इतिहास रच्ने दाउमा छन् ।
पोल्याण्डमा जारी विश्वकपको उपाधि दाबेदारको रुपमा अर्जेन्टिना र इटालीलाई हेरिएको थियो । तर मालीसँग पराजित हुँदै अर्जेन्टिना अन्तिम १६ बाट घर फर्कदा इटाली पनि युक्रेनसँग पराजित भएपछि सेमिफाइनलबाटै बाहिरियो । उपाधि भिडन्तकालागि पुगेका दुई टोली विश्वकपमा दोबेदारका रुपमा हेरिएकाे थिएन । तर दाबेदार टोलीलाई हार चखाएका यी दुई टोली विश्वकपको उपाधि जितेर एतिहासिक रेकर्ड राख्न चाहान्छन् ।
लयमा रहेको युक्रेनलाई रोक्न कोरियालाई गाह्रो हुनेछ । पछिल्लो समय आफूलाई साबित गरेको कोरिया पनि उच्च मनोबलमा छ ।फिफाको र्याङकिङमा युक्रेन २७ औं स्थानमा छ । कोरिया रिपब्लिक भने ३७ औं स्थानमा छ ।कोरियालाई एतिहासिक जित दिलाउँदै फाइनल सम्मको यात्रा तय गराउन जे छोइले ३९ औं मिनेटमा गोल गरेका थिए । युक्रेन इटालीलाई १–० गोल अन्तरले परािजत गर्दा ६५ औं मिनेटमा सेरी बुलेस्टाले गोल गरेका थिए ।दुई टोली बिचको उपाधि भिडन्त जुन १५ तारिकमा हुनेछ ।
June 13, 2019 10:32 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपाल पत्रकार महासङ्घ कुवेतद्वारा सचिवद्वय गौतम र बिँडारीलाई गर्यो बिदाई

झापाली समाज कुवेतको छैटौ महाधिवेशनको सम्पुर्ण तयारी पुरा

३१ औं विश्व आदिवासी दिवस तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतको पाँचौँ अधिवेशन २०२५ भव्य रूपमा मनाइने भएको छ

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसँगै गाडी बगायो, त्रिशूली नदीमा बाढीको जोखिम

महिला एशियन कप छनोट : निर्णायक खेलमा नेपाल उस्वेकिस्तानसँग पराजित

अमेरिकाकाे टेक्सासमा बाढी : २४ जनाकाे ज्यान गयाे, ४५ मिनेटमै ग्वाडालुपे नदीको सतह २६ फिटले बढ्याे

ग्लोबल आईएमई क्यापिटलले ‘समुन्नत योजना २’ इकाइ सार्वजनिक निष्काशनमा ल्याउँदै

स्व. बिमला सार्किको शव नेपाल पठाउन प्रवासी नेपाली मञ्चको सहयोग

