समाजसेवी ईशा गुरुङको सहयोगमा गाउँमै बन्यो विद्यालय ,स्थानीय हर्षित
काठमाडौं । ईशा गुरुङ सबैले सुनेको नाम हो । लामो समयदेखि बेलायतमा बस्दै आउँनु भएकी उहाँ लामो समय देखि समाजसेवामा आवद्ध हुनुहुन्छ । नेपालमा दर दराजका गाउँहरुमा उहाँको सामाजिक कामको चर्चा हुने गर्दछ ।उहाँले पश्चिम कैलालीको कचालीमा छाप्रोमा अध्यनरत बालबालिकाहरुलाई आर्थिक सहयोग गर्नुभएको छ ।
समाजसेवी गुरुङले अभियानबाट ८ लाख ५५ हजार ५ सय ५५ रकम सहयोग गर्नुभएको छ । उक्त रकम गत आइतबार सामाजिक अभियन्ता अर्जुन भुषालको रोबरमा बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।
सानो छाप्रोमा अध्यन गरिरहेका बालबालिकाहरुको भवन निर्माणमा आर्थिक अपुग भएपछी गुरुङको पहलमा दुइ हप्ते अभियान चलाइएको थियो । उक्त अभियानमा देश बिदेशमा रहेका ९१ जना मनकारी दाताहरुले सहयोग गर्नुभएको गुरुङले जानकारी दिनुभयो । रकम हस्तान्तरण पछि उहाँले सहयोगी दाताहरुलाई धन्यबाद प्रकट गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘अझै स्कुल भबनहरू गाउँ–गाउँमा बन्नु पर्छ, कुनै पनि बालबालिकाहरू गोठ र बारीमा पढन नपरोस ।’ गुरुङको पहलमा सहयोग पाएपछि स्थानीयबासी खुःशी भएका छन् ।
दुर्गमबासीलाई सहयोग र माया गरेको भन्दै गुरुङलाई स्थानीयले दिर्घायुको कामना पनि गरेका छन् । बिद्यालय भवन निर्माण कार्य अन्तिम अबस्थामा रहेको अभियन्ता अर्जुन भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भवन अब केहि दिनमै हस्तान्तरण हुनेछ ।
June 13, 2019 3:53 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत