

सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना पुरिए
6 years अगाडी
Susma Dhakal

मकवानपुर – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर-८, टोड्केमा सडक निर्माण गर्ने क्रममा पहिरोले दुई जनालाई पुरेको छ ।पहिरोमा पुरिनेमा चितवन शक्तिखोरका १७ वर्षीय रोशन बुढाथोकी र २३ वर्षीय सुदिप श्रेष्ठ रहेकाे प्रहरीले जनाएकाे छ ।
टोड्केमा सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरोले दुई जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंंहले बताउनुभयो । एक्स्काभेटरले सडक खन्ने क्रममा माथिबाट पहिरो लडेपछि चालक भाग्न सफल भए पनि अरु दुई जना भने भाग्न नसकेपछि पहिरोमा पुरिएको उहाँले बताउनु भयो ।पहिरो खसिरहेकाेले पुरिनेको खोजी गर्न समस्या भएको प्रहरीले जनाएको छ ।
June 13, 2019 5:37 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

लखन थापा गोल्ड कप २२ अगष्तमा आयोजना हुँदै; टिम दर्ता र टाईसिट १५ अगष्तमा

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक
Loading...

