नेपाली गीतमा सन्नी लियोनको धमकेदार नाच (भिडियो सहित)
काठमाडौं, ३० जेठ । बलिउड अभिनेत्री (आइटम गर्ल) सन्नी लियोनले पहिलो पटक नेपाली गीतमा कम्मर मर्काएर नाचेकी छन् । ‘पासवर्ड’ नामको फिल्ममा उनले गरेको आइटम नृत्य बिहिबार सार्वजनिक भएको हो । जहाँ सन्नी दर्जनौँ कोरससहित बोल्ड अबतारमा देखिएकी छिन् ।
‘आजको साम’ बोलको गीतमा सन्निलाई बलिउड कोरियोग्राफर बिष्णु देभाले निर्देशन गरेका छन् । विष्णुदेभा उनै कोरियोग्राफर हुन् जसले सलमान खानदेखि शाहरुख खान, अक्षयकुमार जस्ता बलिउड स्टारका फिल्महरुमा नृत्य निर्देशन गर्छन । ५ करोड बढि लगानीमा तयार भएको गीतमा सन्नीसँगै अभिनेता बिक्की जोशी पनि छन् ।
गीतमा बिक्रम जोशीको शब्द र संगीत अर्जुन पोखरेलको छ । दुर्गा खरेलले स्वर भरेको उक्त गीतको भिडियो लण्डनमा छायाँकन गरिएको हो । भाद्र २७ बाट फिल्म ‘पासवर्ड’ रिलिज हुँदैछ । सम्राट बस्नेत निर्देशक छन् ।
फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।
June 13, 2019 6:36 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप