भारतीय वायु सेनाको दुर्घटनाग्रस्त जहाज भेटियो : १३ जनाकै ज्यान गएको पुष्टि
भारतीय वायु सेनाले अरुणाञ्चल प्रदेशमा दुर्घटनाग्रस्त एएन–३२ विमानमा सवार १३ जनाकै ज्यान गएको बताएको छ । अरुणाञ्चल प्रदेशको पहाडी भेगमा उद्धारकर्मीको एउटा टोलीले दुर्घटनाग्रस्त विमानको अवशेष फेला पारेपछि विमानमा सवार सबैको ज्यान गएको पुष्टि गरेको हो ।
भारतीय वायुसेनाका प्रवक्ताले भारतीय सञ्चार माध्यमसँग भने, ‘भारतीय वायु सेना ३ जून, २०१९ मा भएको एएन–३२ विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ । भारतीय वायु सेना मृतकका परिवारको साथमा छ ।’
विमान दुर्घटनामा परि ज्यान गुमाउनेमा विङ कमाण्डर जीएम चार्ल्स, स्क्वाडर्न लिडर एच विनोद, फ्लाइट लेफ्टिनेन्ट एलआर थापा, एमके गर्ग, आशिष तनवर, सुमित मोहन्ती, वारेन्ट अफिसर केके मिश्रा, सर्जेन्ट अनुप कुमार, कोर्पोरल शेरिन, एलएसी एसके सिंह, एलएसी पंकज तथा गैरलडाकु राजेश कुमार तथा पुताली रहेका छन् ।
रुसमा बनेको एएन–३२ विमान गएको जून ३ मा असमको जोरहाटबाट चीनको सीमानजिकै रहेको मेचुका उपत्यकाका लागि उडेको थियो । उडान भरेको आधा घण्टामै राडारसँग विमानको सम्पर्क टुटेको थियो । भारतीय वायु सेनाका अधिकारीका अनुसार बुधबार उद्धारकर्मीको १५ जनाको टोली दुर्घटनाग्रस्त क्षेत्रमा पठाइएको थियो । बिहीबार आठ जना उद्धारकर्मी दुर्घटनाग्रस्त क्षेत्रमा पुगेका थिए ।
June 14, 2019 11:49 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग