हिउँमा भेटियो ४० हजार वर्ष पुरानो ब्वाँसाको टाउको, रौं र दाँत सुरक्षित
काठमाडौं । सामान्यतया मानिसहरुले खानालाई ताजा बनाइराख्नको लागि फ्रिजको प्रयोग गर्ने गर्छन । अहिले विभिन्न प्रविविधिको विकासले मानव जीवनलाई सहज बनाएको छ । यस्तै हिमाली क्षेत्रमा जहाँ १२ महिना नै हिउँ पर्छ त्या पनि मरेका जीव जनवार कुहिने सम्भावना धेरै कम हुन्छ ।वैज्ञानिकहरुले साइवेरियाको बर्फिली पहाडमा ४० हजार वर्ष पुरानो ब्वाँसाको टाउको फेला पारेका छन् । उनीहरुले फेला परेको ब्वाँसोको टाउकोमा कपाल र दाँतका साथै दिमागसमेत सुरक्षित रहेको बताइएको छ ।
वैज्ञानिकहरुले भनेका छन्, ‘ब्वाँसोको यो टाउको ४० हजार वर्ष पुरानो हो । यो १६ इन्च लामो रहेको छ ।’ जुन आजभोलि हुने ब्वाँसोको टाउकोको आकारभन्दा करिब दुई गुणा बढी हो । ब्वाँसोको टाउको वैज्ञानिक पावेल एफिमोवले पत्ता लगाएका थिए । ब्वाँसोको टाउकोमा गहिरो चोट लागेको देख्न सकिने भएकाले कुनै जनावरको आक्रमणमा परी यसको मृत्यु भएको वैज्ञानिकहरुले अनुमान लगाएका छन् ।
किने भने रुसमा मानव जातिको बसाइ ३२ हजारअघि नभएको उनीहरुले पुष्टि गरेका छन् । रुसी वैज्ञानिक डाक्टर एल्बर्ट प्रोतोपोपोवका अनुसार फेला परेको ब्वाँसोको टाउकोको धेरै भागमा चोट लागेको छ । उनले भनेका छन्, ‘फेला परेको ब्वाँसोको टाउको र अहिलेको ब्वाँसोको टाउकोसँग तुलना गरी अध्ययन गरिन्छ । यसबाट पुष्टि हुन्छ कि हजारौँ साल पहिलासँग के भिन्नता रहेको छ ।’ अहिले यो तस्वीरलाई लिएर सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । एजेन्सी
June 15, 2019 10:48 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने