विश्वकप क्रिकेट : पहिलाे जितकाे खाेजीमा दक्षिण अफ्रिका र अफगानिस्तान
अफगानिस्तान र दक्षिण अफ्रिकाले इंग्ल्याण्डमा जारी एकदिवसीय विश्वककपमा अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् । शनिबार कार्डिफमा नेपाली समयअनुसार साँझ सवा ६ बजेदेखि सुरु हुने खेलमा यी दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । दक्षिण अफ्रिका इंग्ल्याण्ड, बंगलादेश र भारतसँग पराजित भएको छ भने वेष्ट इण्डिजविरुद्धको खेल वर्षाले रद्ध भएको थियो ।
सेमिफाइनला पुग्ने झिनो आशा कायमै राख्न दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्ध जित अत्यावश्यक छ । तर त्यसका लागि उसको ब्याटिङमा सुधार हुनु आवश्यक छ ।यता सुरुवाति तीन खेलमा पराजित भएपछि अफगानिस्तान अंकतालिकाको पुछारमा छ । बलिङ पक्ष उत्कृष्ट भए पनि ब्याटिङमा अनुभवको कमी देखिएको छ । मोहम्मद शाहजाद फिटनेसका कारण टिमबाट निकालिएपछि अफगानी ब्याटिङ अझै कमजोर बनेको छ ।
निराशाजनक सुरुवात गरेको दक्षिण अफ्रिकालाई पराजित गर्न सकेमा दोस्रोपल्ट विश्वकप खेलिरहेको अफगानिस्तानका लागि ठूलो सफलता हुनेछ । त्यसका लागि अफगानिस्तानले कागिसो रबाडा र इमरान ताहिरको नेतृत्वमा रहेको अफगानी बलिङ आक्रमणको सामना गर्नुपर्नेछ ।
June 15, 2019 10:58 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप