Saturday 9th August 2025

बम विष्फोटका घाइते ‘विप्लव’ कार्यकर्ता रामकुमार श्रेष्ठको ज्यान गयाे

6 years अगाडी

काठमाण्डौ – गएकाे जेठ १२ गते काठमाण्डाैमा भएको बम विष्फोटमा घाइते भएका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता रामकुमार श्रेष्ठको शनिबार ज्यान गएको छ ।श्रेष्ठको काठमाण्डौको ओम अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ । यससँगै विष्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । घाइते हरि खड्का र सुरेन्द्र महर्जनको ओम अस्पतालमै उपचार भैरहेको छ ।

सुकेधारा विस्फोटमा घाइते भएका सैलुन सञ्चालक छोटे भनिने जीवकुमार ठाकुरको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा नेकपाका कार्यकर्ता कालीकोटका दीपक विक, दाङका गोकुल रानामगर, निरन्तर मल्ल र सीटीईभीटीमा अध्ययनरत प्रज्वल शाहीको १२ गते नै ज्यान गएको थियो ।

          June 15, 2019 4:29 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...