Saturday 9th August 2025

ट्याक्टर दुर्घटना : सबैको मनमा वस्न सफल शिक्षकको मृत्यु ! सिंगो गाउँ नै शोकमग्न

6 years अगाडी

काठमाडौं । हिजो राति भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । डडेल्धुरामा एक शिक्षकको ट्याक्टर दुर्घटनामा परी ज्यान गएको छ । आलिताल गाउँपालिका–८, कुर्जेनियामा हिजो राति ट्याक्टर दुर्घटना हुँदा समैजी अधारभूत विद्यालय, आलीतालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गोदाम बजारबाट बालुवा लोड गरेर कुर्जेनीतर्फ जाँदै गरेको से २ त २८५० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा आलिताल गाउँपालिका–८ का पदम राना समान्य घाइते भएका छन् । दुर्घटनापछि चालक धनजित धामी फरार रहेका छन् । उनको खोजी भइरहेको आलीताल प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर धामीले जानकारी दिनुभयो । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

          June 16, 2019 11:07 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...