Saturday 7th March 2026

आज घट्यो सुनको भाउ, चाँदीको स्थिर

7 years अगाडी

काठमाडौं । आज मंगलबार सुनको भाउ ओरालो लागेको छ । आज छापावाल सुन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले डिसी नेपाललाई जनाएको छ। हिजो छापावाल सुन ६३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

आज सुनको भाउ ओरालो लागेपनि चाँदीको भने यथावत छ। आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

          June 18, 2019 1:32 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...