

ललितपुरमै १३ वर्षीया बालिकालाई अपहरण गरी ८ दिनसम्म कोठामा थुनेर पटक–पटक बलात्कार

काठमाडौ । नेपालमा नै सुन्दापनि आङ्ग नै जिरीङ्ग हुने घटना भइरहेका छन् । राजधानी काठमाडौ समेत रहेको उपत्यकाको ललितपुर जिल्लामा यस्तै अर्को घटना भएको छ ।सामुदायिक बाल उद्धार केन्द्रको संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई प्रलोभनमा पारेर अपहरण तथा बन्धक बनाएर ८ दिनसम्म बारम्बार बलात्कार गर्ने बलात्कारीलाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो । २०६३ सालदेखि सामुदायिक बाल उद्धार केन्द्रको संरक्षणमा रहेकी १३ बर्षीय बालिका हराएको ८ दिनपछि फेला परेकी थिइन् । बालिका हराएपछि प्रहरीले व्यापक खोजी गरिरहेको थियो । बालिका केन्द्रको सम्पर्कमा नआएको खबर भएपछि प्रहरीले जेठ ३२ गते साँझ ८ बजेतिर महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीस्थित राजेन्द्र महर्जनको घरबाट फेला पारेको थियो ।
फेला परेकी १३ बालिकालाई महर्जनको घरमा डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१ चाइनागेट स्थायी घर भएका विभुलाल जोशीले जबरजस्ती करणी गर्दै आइरहेको खुल्न आएको छ । केन्द्रको संरक्षणमा रहेकी १३ वर्षीया बालिका (आर) लाई जेठ २५ गते जोशीले प्रलोभनमा पारेर आफ्नो कोठामा लगेर जबरजस्ती करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुल्न आएको हो ।
छिमेकीलाई दाजुको छोरी भन्दै परिचय समेत लुकाएर जोशीले बालिकालाई सटरभित्र लुकाई पटक–पटक जबरजस्ती करणी गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए । जोशीलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए । जोशीले पहिला पनि बालिकालाई जबरजस्ती करणी गर्दै आएको पाइएको छ ।
June 19, 2019 10:20 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

