अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालका लागि ट्रम्पले औपचारिक रुपमा सुरु गरे चुनावी अभियान
अलजजिरा। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० मा अमेरिकामा हुने राष्ट्रपतिय निर्वाचनको लागि चुनावी अभियानको घोषणा गरेका छन् ।मंगलबार फ्लोरिडामा हजारौँ समर्थकहरुको भेला माझ ट्रम्पले चुनावी प्रचारको औपचारिक घोषणा गरेका हुन् । समर्थकलाई सम्बोधन गर्ने क्रममा उनले फ्लोरिडालाई आफ्नो दोस्रो घर बताए । त्यस्तै उनले विपक्षी डेमोक्रेटले देशलाई ‘विभाजन’ गर्न उद्दत रहेको आरोप पनि लगाए ।सुरुवाती मतसर्वेक्षणमा ट्रम्प केही सम्भावित डेमोक्रेट प्रत्यासीभन्दा पछाडि देखिएका छन् ।
फ्लोरिडा राज्यको ओर्लाण्डो सहरमा भएको भेलालाई सम्बोधन गर्दै ट्रम्पले भने ,‘ हामीले अमेरिकालाई महान् बनाइ राख्नुपर्छ । आज म तपाईंका अघि अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालको लागि चुनावी अभियान औपचारिक रुपमा सुरु गर्दैछु ।’‘तपाईंले अहिलेकै प्रशासनका टिमलाई कायम राख्न सघाउनु भयो भने आगामी दिन धेरै काम गरिनेछ । यस प्रशासन अन्तर्गत जति हाम्रो देशको भविष्य कहिले सुन्दर र चहकिलो देखिएको थिएन,’ ट्रपले भने ।
सम्बोधनमा ट्रम्पले अवैध आप्रवासीहरुमाथि कडाई गरिने उनको पुरानो वाचा पुनः दोहो¥याए । ट्रम्पले सन् २०१६ मा आप्रवासीको विरोधलाई प्रमुख मुद्दा बनाएका थिए । एक दिन अघि ट्रम्पले ट्वीट गर्दै प्रशासनले ‘गैरकानुनी रुपमा अमेरिका पुगेका लाखौँ आप्रवासीलाई देश निकाला गर्न सुरु गर्ने’ लेखेको थिए ।राष्ट्रपतिको ¥याली हुने स्थानमा हजारौं समर्थक भेला भएका थिए । केही मानिस अघिल्लो दिन विहानैदेखि ओर्लाण्डोको एम्वे सेन्टर एरिनाबाहिर क्याम्प लगाएर बसेका थिए ।संचारमाध्यमसँग कुरा गर्ने क्रममा ट्रम्पका समर्थकले अर्थतन्त्र र आप्रवासनलाई प्रमुख चासो भएका रुपमा उल्लेख गरे ।फ्लोरिडा अमेरिकाको राष्ट्रपति निर्णायक हुने थोरै राज्यमध्येमा पर्छ । सन् २०१६ मा ट्रम्पले थोरै मतले यस राज्यबाट जित हासिल गरेका थिए ।
June 19, 2019 10:42 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग