पाकिस्तानी सेना र आइएसआईको आलोचक पत्रकारको हत्या
एजेन्सी । पाकिस्तानको शक्तिशाली सेना र जासूसी एजेन्सी आइएसआईको आलोचना गर्ने एक जना २२ वर्षे पाकिस्तानी ब्लगर एंवम पत्रकारलाई अज्ञात व्यक्तिले हत्या गरिदिएको छ पाकिस्तानको चर्चित समाचारपत्र ‘डोन’ले प्रहरीलाई उल्लेख गर्दै यो समाचार लेखेको छ । घटना हुनुअघि पत्रकार मोहम्मद बिलाल खान आफ्नो एक जना नातेदार एहतेशामसँग थिए त्यही समय उनलाई फोन आयो र त्यसपछि उनलाई एक जना व्यक्तिले नजिकको जंगल लिएर गएका थिए ।
खानको ट्वीटरमा १६ हजार, यू–ट्युवमा ४८ हजार र फेसबुकमा २२ हजार फलोअर्स छन् । प्रहरी अधिकारी सद्दर मलिक नईमले खानमाथि इस्लामाबादको जी९÷४ क्षेत्रमा आक्रमण भएको बताए । आक्रमणमा परेका खानलाई अस्पतालमा गम्भीर रुपमा घाइते अवस्थामा हस्पताल पु¥याइएको थियो तर ठूलो चोटका कारण उनको मृत्यु भयो । उनको नातेदार पनि गम्भिर रुपमा घाइते भएकाले उनलाई अस्पताल भर्ना गरिएको छ ।
नईमका अनुसार आक्रमणकारीले हत्याको लागि चक्कुको प्रयोग गरेका थिए । तर केही व्यक्तिले बन्दुक चलाएको आवाज पनि सुनेको बताएका छन् । ब्लगर तथा पत्रकार खानको हत्यापछि ह्यासट्याग ‘जस्टिस फर मोहम्मद बिलाल खान’ पाकिस्तानी समाजिक संजालमा ट्रेण्डमा छ । कयैन ट्वीटर प्रयोगकर्ताले पाकिस्तानी सेना र आईएसआईको आलोचक भएका कारणले उनको हत्या भएको लेखेका छन् ।
एक व्यक्तिले ट्वीटमा भनेका छन् ,‘ पाकिस्तानी पत्रकार मोहम्मद बिलाल खानलाई इस्लामावादले आइतबार गोली हानेर हत्या गरिदियो । खान शक्तिशाली सेना एवम उसको कुख्यात जासूसी एजेन्सीको आलोचकको हिसाबमा चिनिन्थे ।’
मृतकको पिता अब्दूल्लाले खानको शरीरमा धारिलो निशान रहेको बताए । घटनाको बारेमा आतकंवाद विरोधी कानूनसमेत विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ । खानको पिताले यस घटनाबाट मानिसमा भय उत्पन्न भएको बताए ।
June 19, 2019 11:43 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार