

जनतामा भ्रम छर्न खोजेको आरोपसहित गुठी विधेयक फिर्ता

काठमाडौं । लामो समय देखि विवादमा पर्दै आएको गुठी विधेयक फिर्ता भएको छ । सरकारले राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको हो ।भूमिसुधार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिएको घोषणा गर्नुभएको छ । मन्त्री अर्यालले भन्नुभयो, ‘विधेयकका विषयमा भ्रम सिर्जना गर्ने काम भयो यसैका आधारमा उत्तेजना बढाउने काम भयो । सरोकारवालासँग थप परामर्श र छलफल आवश्यक भएकोले विधेयक फिर्ता लिने निर्णय गरिएको छ ।’मन्त्री अर्यालले प्रतिनिधिसभामा दर्ता भएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ फिर्ता लिने जानकारी दिनु भएको हो ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक लगायत अन्य समसामयिक विषयमा संसदमा सम्बोधन गर्न खोज्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि ओलीले बोल्न पाउँनु भएको थिएन । आजै बेलुका ५ बजे देखि प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गरेर आफ्नो युरोप भ्रमण, गुठी विधेयक लगायत विषयहरुमा आफ्नो जवाफ दिइरहनु भएको छ ।कांग्रेसले प्रधानमन्त्री भन्दा पहिले सभापति शेर बहादुर देउवाले बोल्न पाउँनुपर्ने भन्दै विरोध जनाएको थियो । संसद भोली बिहान ११ कजे सम्मको लागि स्थागित भएको छ ।
June 19, 2019 11:45 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

