नेपाली भलिबल टिम सम्हाल्न आइपुगे हान अबिङ
नेपाली राष्ट्रिय भलिबल टिमका लागि विदेशी प्रशिक्षक नेपाल आएका छन् । आसन्न एशियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षण सम्हाल्न डच प्रशिक्षक हान अबिङ नेपाल आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भलिबलसंघका महासचिवक जीतेन्द्रबहादुर चन्द लगाएतको स्वागत गरेका थिए ।
पहिलो पटक नेपालमा हुने सेन्ट्रल जोन प्रतियोगितामा नेपालको टिम सम्हाल्न नेदरल्याण्ड्सका पूर्व खेलाडी तथा प्रशिक्षक हान एबिङलाई एफआईभीबीले नेपाल पठाएको हो ।उनी तीन महिनाका लागि नेपाली भलिबल टिमसँग रहनेछन् । २५ वर्ष लामो प्रशिक्षकको अनुभव बटुलेका हानले सात वर्ष डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए ।
उनले १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए ।उनले २००४ देखि २००८ सम्म जर्मन महिला भलिबलको हेड कोचका रुपमा पनि काम गरेका थिए । जसमा उनले २००८ मा जर्मन कपको उपाधि दिलाएका थिए भने २००७ मा तेस्रो स्थान दिलाएका थिए ।
June 19, 2019 12:22 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी