

४ वर्ष अघि स्थापना भएको आइसियू सेवा अझै सञ्चालनमा आएन

काठमाडौँ । बिरामीको सुविधाका लागि चार वर्षअघि कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा स्थापना गरेको सघन उपचार कक्ष (आइसियू) सेवा अझै सञ्चालनमा आउनसकेको छैन। आर्थिक वर्ष २०७१/७२ मा करोड खर्च गरेर अञ्चल अस्पतालमा आइसियू सेवा जडान गरिएको भए पनि त्यसका लागि आवश्यक चिकित्सक तथा जनशक्ति नहुँदा सेवा थन्किएको छ।
“आइसियू त स्थापना भए तर चिकित्सकसहितको जनशक्ति नहुँदा सञ्चालनमा ल्याउन नसकिएको हो”, महाकाली अञ्चल अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले भने, “पटक-पटक सञ्चालन गर्न पहल भए पनि केही भएन ।”सङ्घ र प्रदेश सरकारमा आइसियू सञ्चालनका विषयमा धेरै पटक अञ्चल अस्पताल व्यवस्थापन समितिका पदाधिकारी लागिपरे पनि उपलब्ध हुनसकेको छैन । दरबन्दीको २० प्रतिशत पनि विशेषज्ञ चिकित्सक नहुँदा अस्पताललाई ‘रिफर सेन्टर’को उपमा दिइएको छ ।
स्थानीय नागरिक समाज तथा सरोकारवाला निकायले अस्पतालको भौतिक संरचना सुधारका लागि प्रयासरत रहे पनि व्यवस्थापकीय पक्ष सवल नहुँदा अस्पतालले चिकित्सकको अभाव झेल्दै आएको छ। २८ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अञ्चल अस्पतालमा हाल सर्जन, छाला तथा यौनरोग र स्त्रीरोग विशेषज्ञ गरी तीन चिकित्सक मात्र कार्यरत छन्।
“आइसियू सेवा सञ्चालनका लागि चिकित्सकसहित कम्तीमा १०÷१२ स्वास्थ्यकर्मीको टोली चाहिन्छ”, सूचना अधिकृत अवस्थीले भने, “चिकित्सक र आइसियू सञ्चालनका लागि मन्त्री तथा सांसदहरुसँग छलफल र पहल हुँदा पनि केही नतिजा आएन ।” उनले आइसियू सेवा नहुँदा जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि धनगढी र भारतका विभिन्न अस्पताल जानुपर्ने बाध्यता रहेको बताए ।
प्रधानमन्त्री कप क्रिकेट आजबाट : कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । राष्ट्रिय खेलकूद परिषद्को सहकार्य तथा स्थानीय महाकाली स्पोर्ट सोसाइटीको आयोजनामा हुने प्रतियोगिताका लागि सबै तयारी मङ्गलबार साँझ पूरा भइसकेको जनाएको छ।प्रतियोगितामा सात प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ गरी आठ टिम सहभागी हुनेछन् । प्रतियोगितामा उपाधि विजेताले रु चार लाख नगद, ट्रफीसहित पुरस्कृत हुने आयोजकले जनाएको छ भने प्रतियोगितामा दोस्रो हुने टिमले रु तीन लाख नगद, ट्रफी र तेस्रो हुने टिमले रु दुई लाख नगदसहित पुरस्कृत हुनेछन्।
June 19, 2019 12:29 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

