आगलागीमा आधा दर्जनभन्दा बढी ग्यास सिलिण्डर विस्फोट, तीन ओटा होटल जलेर नष्ट
6 years अगाडी
Susma Dhakal
धनुषा – जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आगलागीका कारण होटलमा राखिएको ग्यास सिलिण्डर पड्किँदा तीन ओटा होटल जलेर नष्ट भएको छ ।कदम चोकमा रहेको गोविन्द मिष्टान्न भण्डारमा आगलागी भएको थियो । आगलागीमा परेर ग्यास सिलिण्डर पड्किँदा छेउको सियाराम मिष्टान्न भण्डार र अर्को एक होटलसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
होटेल भित्र एकैठाउँमा राखिएको आधा दर्जनभन्दा बढी खाना पकाउने ग्यासको सिलिण्डर क्रमशः विस्फोट भएको थियो । विस्फोटमा मानवीय क्षति भने भएको छैन । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । गोविन्द मिष्टान्न भण्डारमा बिजुली सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
June 20, 2019 10:20 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...