कपाल पाल्ने र मुन्द्रा लगाउनेलाई निगरानी, केहीलाई परिवारको जिम्मा
काठमाडौँ । लागुऔषधबाट जिल्लामा शान्ति सुरक्षाको अवस्था बिग्रन नदिन चितवन प्रहरीले अभियान शुरु गरेको छ। प्रहरीले लागुऔषध सेवनकर्ता, बेचबिखन गर्ने, चुल्ठे तथा मुन्द्रेलाई पक्राउ गरी उनीहरुको अभिभावकलाई सन्तानले गर्दै आइरहेको क्रियाकलापको बारेमा जानकारी दिई जिम्मा लगाउने काम गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बुधबार जिल्लाका विभिन्न ठाउँबाट ४० लागुऔषध आरोपीलाई पक्राउ गरिएको बताए।
प्रहरी उपरीक्षक मल्लले लागुऔषध सेवन गरिरहेको अवस्थामा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। यो अभियानलाई निरन्रता दिइने उनले बताए। पक्राउ परेकाहरुलाई प्रहरीले लागुऔषधको सेवनबाट पर्ने असरका बारेमा प्रशिक्षण दिने गरेको छ। त्यस्तै लागुऔषध कारोबारमा पक्राउ परेकालाई मुद्दा दर्ता गरेर कानूनी कारवाही अघि बढाइने चितवन प्रहरीले जनाएको छ।
June 20, 2019 10:53 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी