Thursday 7th August 2025

बिहानै शक्तिशाली भुकम्पको धक्का, केन्द्र पत्ता लाग्न सकेन !

6 years अगाडी

काठमाडौं । नेपाल लगायतका देशहरुमा पछिल्ला दिनहरुमा भुकम्पको धक्का महसुस हुनु सामान्यजस्तै भएको छ । नेपाल , भारत, पाकिस्तान, चीन, जापान लगायतका देशहरुमा भुकम्पको उच्च जोखिम रहेको विश्लेषण भइरहँदा जनताका त्रास हुनु स्वभाविक पनि हो । यो बिचमा भारतको महाराष्ट्रको सातारामा आज बिहानै भुकम्पको धक्का महसुस गरिएको छ भुकम्प ४.८ रेक्टर स्केलको भएको भारतीय अधिकारीहरुले बताएका छन् । भुकम्पको केन्द्र अहिलेसम्म पत्ता लागेको छैन । अहिलेसम्म भुकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन ।

आज बिहान ७ः३८ (भारतीय समय) मा भुकम्पको धक्का महसुस गरिएको जानकारी दिइएको छ । भारतीय अधिकारीहरुका अनुसार भुकम्पको धक्का झण्डै ५ मिनेटसम्म महसस गरिएको थियो । भुकम्पपछि उक्त क्षेत्रमा भागाभाग सुरु भएको थियो । मान्छेहरु घर छोडेर बाहिर निस्केका थिए । भूकम्पपछिअधिकारीहरु सर्तक अवस्थामा रहेको जानकारी दिइएको छ । यस क्षेत्रमा फेरि पनि भुकम्प आउँन सक्ने भन्दै सावधान रहनको लागि अपिल गरिएको छ ।

          June 20, 2019 1:27 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...