

जलविद्युत् आयोजनाका सुरुङ भित्र थुनिएका मजदुरको १२ घण्टा पछि उद्धार

रसुवा । रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका कामदारलाई सकुसल रुपमा उद्धार गरिएको छ । बिहिवार थुनिएका कामदारलाई शुक्रवार बिहान सकुसल रुपमा उद्धार गरिएको हो ।
रसुवाका प्रहरी प्रमुख भागेन्द्रपुरुष ढकालका अनुसार छ चिनियाँ नागरिकसहित १७ कामदारलाई आज बिहान सात सकुसल उद्धार गरिएको हो । उद्धार गरिएका १७ कामदारको उद्धारपश्चात स्थानीय स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।
बिहिवार साँझदेखि गएको सुक्खा पहिरोमा फाटफुटरूपमा ढुङ्गा झरिरहेकाले विद्युत् आयोजनाको सुरुङको काम आजकालागि रोकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । विद्युत् आयोजनाको निर्माणमा चिनियाँ ठेकेदार कम्पनी सीडब्ल्यूईले कामदारको सुरक्षालाई दृष्टिगत गरी निर्माण कार्य अगाडि बढाइने बताएको छ । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जलविद्युत् कम्पनीका कर्मचारी जुटेका थिए । रासस
June 21, 2019 1:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

