अस्वस्थ मानसिकताबाट बच्न नियमित याेग र ध्यान गराैँ : प्रधानमन्त्री ओली
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताउनुभएको छ ।अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नुपर्ने बताउनुभयो ।
‘योगको अभ्यास भाषा र लिपी सुरु हुनुभन्दा धेरै अघिबाट सुरु भएको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ ।’ उहाँले नेपालमा योगको अभ्यास परम्परागत कालदेखि हुँदै आएका प्रमाणहरु धेरै भेटिएको बताउनुभयो ।
हामीले पाँच/छ हजार वर्ष पहिलेका मूर्तिहरु हेर्याैं भने पनि योगका विभिन्न आशनहरु देखिन्छन्,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले लोभ, मोह र क्रोधबाट मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने धारणा राख्नुभयो । उहाँले देशलाई आवेश उत्तेजनातिर लैजान खोजिएको र त्यस्ता प्रयासलाई निस्तेज गरेर सरकार अघि बढ्ने बताउनुभयो ।
June 21, 2019 2:37 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन