

अस्वस्थ मानसिकताबाट बच्न नियमित याेग र ध्यान गराैँ : प्रधानमन्त्री ओली

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वस्थ मानसिकताबाट बच्न सबैले योग गर्नुपर्ने बताउनुभएको छ ।अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समय निकालेर हरेक मानिसले दैनिक रुपमा योग गर्नुपर्ने बताउनुभयो ।
‘योगको अभ्यास भाषा र लिपी सुरु हुनुभन्दा धेरै अघिबाट सुरु भएको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मानिस स्वास्थ्य रहनका लागि योगको निरन्तरता जरुरी छ ।’ उहाँले नेपालमा योगको अभ्यास परम्परागत कालदेखि हुँदै आएका प्रमाणहरु धेरै भेटिएको बताउनुभयो ।
हामीले पाँच/छ हजार वर्ष पहिलेका मूर्तिहरु हेर्याैं भने पनि योगका विभिन्न आशनहरु देखिन्छन्,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले लोभ, मोह र क्रोधबाट मुक्त हुनका लागि योग र नियमित ध्यान गर्नु उपयुक्त हुने धारणा राख्नुभयो । उहाँले देशलाई आवेश उत्तेजनातिर लैजान खोजिएको र त्यस्ता प्रयासलाई निस्तेज गरेर सरकार अघि बढ्ने बताउनुभयो ।
June 21, 2019 2:37 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

