

ट्रम्पले इरानमाथि सैनिक कारवाहीको आदेश दिए, तर फेरि पछि हटे

वासिङटन । इरानले आफ्नो सर्भेलेन्स ड्रोन खसालेको प्रतिक्रिया स्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैनिक कारवाहीको आदेश दिए पनि बिहीबार राती आफ्नो निर्णयबाट पछि हटेको द न्युयोर्क टाइम्सले दाबी गरेको छ ।इरानले ड्रोन खसालेपछि ह्वाइट हाउसमा राष्ट्रपतिका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी तथा नेताहरुबीच व्यापक छलफल र विवाद भएको थियो । बिहीबार राती ७ बजेसम्म सैन्य र कुटनीतिक अधिकारीहरु इरानमाथि हमला हुने अनुमान गरिरहेका थिए ।
छलफलमा संलग्न अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पले शुरुमा राडार र मिसाइल ब्याट्रीजस्ता इरानका केही सिमित लक्ष्यहरुहरुमा सैन्य कारवाही गर्ने अनुमति दिएका थिए ।अपरेशन शुरु पनि भएर शुरुवाती चरणमा रहेको बेला ट्रम्प आफ्नो निर्णयबाट ‘ब्याक’ भएको एक शीर्ष अधिकारीले बताएका छन् । ‘विमानहरु आकाशमा थिए, जहाजहरु पोजिसनमा थिए । मिसाइल भने फायर भैसकेको थिएन, त्यतिबेला नै यसलाई रोक्न आदेश आयो,’ ती अधिकारीले भने ।
ट्रम्पको आकस्मिक निर्णयले मध्यपूर्वमा उनको तेस्रो सैन्य कारवाहीमा पूर्णविराम लागेको छ । यसअघि उनले सन् २०१७ र २०१८ मा सिरियामा कारवाही गरेका थिए ।ट्रम्पले के कारणले आफ्नो निर्णय बदले भन्ने भन्ने चाहीँ खुल्न सकेको छैन । र, फेरि पनि कारवाही अघि बढाइन्छ कि बढाइँदैन भन्ने पनि खुलेको छैन ।यस विषयमा ह्वाइट हाउस र पेन्टागन अधिकारीहरुले कुनै प्रतिक्रिया दिन मानेका छैनन् । अमेरिकी समय अनुसार बिहीबार बिहान इरानको सर्फेस–टु–एयर मिसाइलले अमेरिकाको १३ करोड डलर पर्ने मानवरहीत ड्रोन खसालेको थियो ।यसको प्रतिक्रियामा अमेरिकाले शुक्रबार बिहानै सैनिक कारवाही गर्ने तयारी गरेको थियो ।
June 21, 2019 2:40 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

