श्रीमतीले गराइदिइन् आफ्नै श्रीमान् र उनकी प्रेमिकाको बिहे
भारतको छत्तिसगढस्थित जसपुरमा भने एक पत्नीले आफ्नै श्रीमानको दोस्रो विवाह गराइदिएकी छन् । अनिल पैंकरा नाम गरेका युवाको उनकी श्रीमतीले प्रेमिकासँग बिहे गराइदिएकी हुन् । यति मात्रै होइन जसले पतिको बिहे गराइन् ती महिलाले पनि पतिसँग सात फेरा लगाएकी छिन् । बनारसमा कार्यरत ती युवा सीआरपीएफका जवान हुन् ।
चार वर्ष अघि उनको विवाह छिमेकी गाउँकी युवतीसँग भएको थियो । त्यसपछि गाउँकै एक महिलासँग उनको प्रेम सम्बन्ध अघि बढ्यो । त्यसपछि एक कान दुई कान मैदान हुँदै उनीहरूको प्रेम सम्बन्ध गाउँभरि फैलियो । जब अनिल छुट्टीमा गाउँ आउँथे उनी पत्नीसँग कम र प्रेमिकासँग बढी समय व्यतित गर्थे ।
यो थाहा पाएर उनकी पत्नीले अनिलसँग भनिन्, यो सम्बन्ध ठिक होइन । तर अनिलले मानेनन् । त्यसपछि समाजको बैठक बस्यो र उनको फेरि विवाह गर्ने निर्णय भयो । त्यसपछि सबै आफन्तलाई खबर भयो । मण्डप सजाइयो र पुरै गाउँलेका सामुन्ने अनिलको दोस्रो पटक विवाह गरियो । मण्डपमा एक बेहुला र दुई बेहुली देखिएका थिए ।
June 21, 2019 2:43 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग