श्रीमतीले गराइदिइन् आफ्नै श्रीमान् र उनकी प्रेमिकाको बिहे
भारतको छत्तिसगढस्थित जसपुरमा भने एक पत्नीले आफ्नै श्रीमानको दोस्रो विवाह गराइदिएकी छन् । अनिल पैंकरा नाम गरेका युवाको उनकी श्रीमतीले प्रेमिकासँग बिहे गराइदिएकी हुन् । यति मात्रै होइन जसले पतिको बिहे गराइन् ती महिलाले पनि पतिसँग सात फेरा लगाएकी छिन् । बनारसमा कार्यरत ती युवा सीआरपीएफका जवान हुन् ।
चार वर्ष अघि उनको विवाह छिमेकी गाउँकी युवतीसँग भएको थियो । त्यसपछि गाउँकै एक महिलासँग उनको प्रेम सम्बन्ध अघि बढ्यो । त्यसपछि एक कान दुई कान मैदान हुँदै उनीहरूको प्रेम सम्बन्ध गाउँभरि फैलियो । जब अनिल छुट्टीमा गाउँ आउँथे उनी पत्नीसँग कम र प्रेमिकासँग बढी समय व्यतित गर्थे ।
यो थाहा पाएर उनकी पत्नीले अनिलसँग भनिन्, यो सम्बन्ध ठिक होइन । तर अनिलले मानेनन् । त्यसपछि समाजको बैठक बस्यो र उनको फेरि विवाह गर्ने निर्णय भयो । त्यसपछि सबै आफन्तलाई खबर भयो । मण्डप सजाइयो र पुरै गाउँलेका सामुन्ने अनिलको दोस्रो पटक विवाह गरियो । मण्डपमा एक बेहुला र दुई बेहुली देखिएका थिए ।
June 21, 2019 2:43 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने