

समता अस्पताल संचालक उत्तम संजेलकी पत्नीविरूद्व अदालतमा मुद्दा दायर

काठमाडौं। काठमाडौंको कुमारीहलस्थित समता अस्पतालकी एक महिला कर्मचारीको रहस्यमय मृत्यु भएपछि हिरासतमा लिइएको अस्पताल संचालककी पत्नीविरुद्ध मुद्दा दायर भएको छ । सरसफाई कर्मचारी विमला तामाङ मंगलबार झुण्डिएको अवस्थामा फेला परेपछि अस्पताल संचालककी पत्नीसहित ३ जनालाई हिरासतमा लिइएको थियो ।
तामाङको मृत्युका विषयमा तीन जना महिलामाथि अनुसन्धान थालिएको हो । प्रहरी परिसर टेकुले आज उनीहरु विरुद्ध अभद्र व्यवहारको मुद्दासहितको फाइल काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको छ । मृतक विमला तामाङको खल्तीमा भेटिएको सुसाइड नोटमा नाम उल्लेख गरिएकी तीनजना विरुद्ध मुद्दा दायर गरिएको हो । जसमा समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला संजेलसहित तीनजना छन् ।
नियमित काममा गएकी विमला कार्यालय समयपछि घर नआएको र विगत केही सातादेखि ताला लगाएको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । विमलाले आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ ।
सहमति नभएसम्म शव नबुझ्ने अडान लिएको परिवारले अस्पताल प्रशासनले मृतकका बालबालिकाको पालनपोषणको र दोषी भनिएकाहरुमाथि कारवाहीको विषयमा सहमति गरेपछि उनको दाह संस्कार गर्रिएको छ ।
June 21, 2019 4:21 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

