

यहाँ ६९ दिन घाम अस्ताउँदैन, ९० दिन उज्यालो हुँदैन, जनताले टाइम जोनबाट मुक्ति मागे

एजेन्सी। नर्वेको सोमारोय द्वीपमा १८ मे देखि २६ जुलाइसम्म ६९ दिन घाम नै अस्ताउँदैन । यसका अलावा जाडो महिनामा करिब ३ महिनासम्म घाम नै देखिँदैन । नर्वेको यो टापुले पहिलो ‘टाइम फ्रि जोन’ बन्नको लागि पहल थालेको छ । यसका लागि टापुका ३ सय निवासीहरुले एक अभियान चलाएका छन् । उनहिरुले यो द्वीपलाई समयको सीमाबाट स्वतन्त्र राख्नको लागि टाइम फ्रि जोन अभियान चलाएका छन् । यसको समर्थनमा अदालतमा निवेदन पनि दिएका छन् ।
स्थानीय सांसद केंट गुडमण्डसम्यानले यो निवेदनलाई अगाडि बढाउने फैसला गरेका छन् । केंटका अनुसार उनीहरुलाई नजिकका २ शहर फिनमार्क र नर्डल्याण्डले पनि समर्थन दिएका छन् । यसअघि युरोपियन युनियन पनि डेलाइट सेभिङ टाइम (वर्षमा २ पटक घटी अगाडि बढाउने प्रक्रिया)लाई अन्त्य गर्नेबारे भनिसकेको छ ।
अभियानका नेतृत्वकर्ता केजेल ओव हेविङका अनुसार यसको उद्देश्य निवासीहरुलाई कामका परम्परागत घण्टाबाट मुक्ति दिलाउनु हो । अर्थात यहाँका मानिसहरु जतिबेला जे काम गर्न चाहन्छन् त्यो काम गर्न सकुन् । यहाँका मानिसले यसो गर्दा उनीहरुको स्कुल कलेज र कामकाजको समयमा लचकता आउने आशा गरेका छन्
यहाँ पर्यटन र माछापालन आम्दानीमा मुख्य माध्यम हुन् । युरोप घुम्न जाने पर्यटकले अलग अलग शहरमा पुलमा ताला देख्छन् तर नर्वेका यी द्वीपमा पुलमा घडीहरु देखिन्छन् । हेविंगका अनुसार लामो समयसम्म रात रहनु वा दिन नढल्दा रात दिनको अर्थ रहँदैन । यही कारण तनाव हुन्छ । मानिसहरु समयको जंजालमा नफसुन् र खुलेर जिन्दगी बाँचुन् भन्ने अभियानको उद्देश्य हो ।
June 21, 2019 5:02 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

