अबदेखि भारत जान नेपालीलाई भिसा चाहिने
काठमाडौ । अब भारत जान नेपालीका लागिपनि भिसा आवश्यक पर्ने भएको छ । भारतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत जाने नेपालीहरुका लागि भारतको भिसा आवश्यक पर्ने सूचना जारी गरेको हो ।
सूचनामा भनिएको छ, चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीहरुका लागि भारतको भिसा आवश्यक पर्ने जानकारी प्राप्त भएकोले सोही बमोजिम गर्न हुन जानकारी गराइन्छ ।
त्यस्तै यसअघि वैशाख अन्तिमा एक सूचना जारी गर्दै भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकका लागि अनिवार्य रूपमा नेपाली दूतावासको नो अब्जेकसन वा सिफारिस पत्र आवश्यक पर्ने जनाएको थियो ।
पटक पटक उक्त नियमका कारण झञ्झट र अप्ठेरो परेका गुनासो आएपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासले यस्तो नियम ल्याएको बताएको थियो । भारतीय अध्यागमन पार गरेर तेस्रो मुलुक जानु पर्ने नेपाली नागरिकहरूका लागि दूतावासको सिफारिस पत्र आवश्यक पर्छ ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान परेमा नो अब्जेकसन वा सिफारिस पत्र आवश्यक पर्ने भएको हो ।
यसअघि भारतको बाटो हुँदै अवैध रूपमा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि नेपाल सरकारले मन्त्रीस्तरीय निर्णय गरेर नेपालीलाई भारतीय अध्यागमबाट जान रोक लगाएको थियो ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार