Thursday 7th August 2025

अन्तराष्ट्रिय नेपाली समाज ( नयाँ शक्ति ) कुवेत र नेपाली संघीय समाज ( नेफेसो ) कुवेत बिचको एकता ! अध्यक्षमा निर्मल स्याङ्ताङ ।

6 years अगाडी

कुवेत – अन्तराष्ट्रिय नेपाली समाज ( नयाँ शक्ति ) कुवेत र नेपाली संघीय समाज ( नेफेसो ) कुवेत बिचको ऐतिहासिक एकता भयको छ ।हिजो सुक्रवारको दिन फर्वानिया स्थित अडीटोरीयम हलमा अन्तराष्ट्रिय नेपाली समाज ( नयाँ शक्ति ) कुवेत र नेपाली संघीय समाज ( नेफेसो ) कुवेत बिचको ऐतिहासिक एकताको घोषणा कार्यक्रम गरी दुई पार्टी बिच एकता भयको हो । नयाँ पार्टीको नाम नेपाली समाज कुवेत रहेको छ । कार्यक्रम सभापती, प्रमुख अतिथी , बिशिस्ट अतिथी हरुको सामुहिक उपस्थितिमा दिप प्रज्लन गरी कार्यक्रम उद्घघाटन गरीएको थियो भने नेपाली राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्तरुप दिईएको थियो । कार्यक्रममा ज्ञात तथा अज्ञात सहिद हरु प्रति एक मिनेट मौन धारण गरीईएको थियो ।

अन्तराष्ट्रिय नेपाली समाज ( नयाँ शक्ति ) कुवेतका अध्यक्ष निर्मल स्याङ्ताङ र नेपाली संघीय समाज ( नेफेसो ) कुवेतका अध्यक्ष प्रकास चम्लिग़को सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्तराष्ट्रिय नेपाली समाज ( नयाँ शक्ति ) कुवेतका सम्रक्षक नारायण पोख्रेलको प्रमुख आथित्य रहेको थियो भने बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, बुद्दिजिबी ,समाजसेवी लगाएत अन्तराष्ट्रिय नेपाली समाज ( नयाँ शक्ति ) र नेपाली संघीय समाज ( नेफेसो ) प्रती आस्थावान राख्ने कुवेतबासी नेपालीहरूको उपस्थिति रहेको थियो।

नेपाली समाज कुवेतका उपाध्यक्ष तथा कार्यक्रम संयोजक जयनारायण माझी र खाकुरा किरातले संयुक्त रुपमा कार्यक्रम संचालक गरेका थिए भने अन्तराष्ट्रिय नेपाली समाज ( नयाँ शक्ति ) कुवेतका सचिब कोमल अधिकारीले स्वागत मन्तब्य राखेका थिए ।

समाज सेवी सूजन केसी, पत्रकार महासंघ कुवेतका उपाध्यक्ष नबराज पन्थी,आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाँग, जिफन्ट सपोर्ट ग्रुपका अध्यक्ष गणेश रावत, किरात राई यायोक्खाका अध्यक्ष मन्जीत चाम्लिङग राई, सुदुरपश्चिम सेवासमाज कुवेतका अध्यक्ष अमर खड़का, सिर्जनशील युवा समाज कुवेतका अध्यक्ष पुष्कर धामी, युबराज गैरे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

अन्तराष्ट्रिय नेपाली समाज ( नयाँ शक्ति ) कुवेत र नेपाली संघीय समाज ( नेफेसो ) कुवेत बिचको एकता कार्यक्रमका सभापती निर्मल स्याङ्ताङले कार्यक्रम सफल पार्न सहयोग पुर्याउने उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिन हरुमा पनि यस्तै सहयोगको अपक्षा गर्दै कार्यक्रम समापन भयको घोषणा गरेका थिए।

नयाँ गठित “नेपाली समाज कुवेतका ”का नयाँ कार्यसमिती यस प्रकार छन – सल्हाकार- नारायण प्रसाद पोख्रेल, राजेन्द्र तामाङ्ग ,प्रकास चामलिंग,सुनिल श्रेष्ठ,
अध्यक्ष- निर्मल कुमार स्याङ्ताङ, बरिष्ठ उपाध्यक्ष-रोल बहादुर बिस्वकर्मा,उपाध्यक्ष- जयनारायण थारु माझी,अमृत तामाङ्ग ,प्रविन कुमार महत्त्व,प्रशुराम शाह,महासचिव- लोक याम्फु खखुरा किरात,सचिव- आङ्ग्काजि शेर्पा, श्रिषीकेश थान्दार,आइटी विभा प्रमुख-सुमन गौतम,स सचिव- मनासराम वहिङ्ग राई,प्रवक्ता- राजकुमार वान्तावा राई,महिला प्रमुख- ख्रीष्टमाया तामाङ्ग,संगठन बिभाग प्रमुख- छिरिङ्ग तामाङ्ग,उप प्रमुख- बिमल दाहाल,संदेश राई,युवा बिभाग प्रमुख- उमेश राई,कोषध्यक्ष -कोमल अधिकारि

          June 22, 2019 5:01 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...