

साउदीमा सडक दुर्घटनामा ज्यान गुमाएका नेपालीलाई अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबद्वारा आर्थिक सहयोग ।

रम्जान दिन मियाँ “समर्पण”, साउदी अरब
हान्सपुर ४ प्युठान, नेपाल घर भइ विगत दुई बर्ष देखी साउदी अरबको खमिस मुसेदमा मस्जिद सर सफाइमा काम गर्दै आएका प्यार मोहम्मद मियाँको सडक दुर्घटनामा परेर ज्यान गुमाए पछि उहाँको घरपरिवारको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको पहलमा उहाँको परिवारलाई सहयोग स्वरुप केहि रकम हस्तान्तरण गरेको छ ।
आफ्नो तथा परिवारको दैनिक जिबन र भबिस्यको सुन्दर सपना मनमा सजाँउदै साउदी आइपुगेका मियाँको गत १ डिसेम्बर २०१८ का दिन मृत्यु भएको थियो भने एनआरएनए आर सि सि अल कासिम, हातेमालो प्रवासी नेपाली समूह खमिस र अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको संयुक्त पहल तथा महावाणिज्य दूतावाससँगको नियमित समन्वय पछि घटना भएको करिब डेढ महिनाको अन्तरालमा गत २४ जनवरी २०१९ का दिन मृतकको शव नेपाल पठाइएको थियो ।
पारिवारिक कमजोर आर्थिक अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदी अरबको पहलमा (१४१२ साउदी रियल) ४०,६३५/- चालीस हजार छ सय पैतिस नेपाली रुपैयाँ अर्थिक सहयोग भएको छ । उक्त सहयोग रकम गत ६ असार २०७६ शुक्रबार का दिन नेपाल छुट्टी रहेका यसै संस्थाका महासचिव रम्जान दिनमियाँ द्वारा केही स्थानीय ब्यक्तिहरुको रहोवरमा मृतकका आफन्त लाई हस्तान्तरण गरेका थिए ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

