Thursday 7th August 2025

नेपालमा भित्रियो पाउलोनीय : किन विदेश ताक्नुहुन्छ ? लगाउँनुहोस् खेती कमाउँनुहोस् लाखौँ

6 years अगाडी

काठमाडौ । छिटो बढ्ने सुरिलो रुख लामो र छरितो फेद माथी टुप्पोमा लामो लामो हाङगामा लामो र चौडाई पात यी सबै पाउलोनीया बृक्षको परिचय हो । पाउलोनीया फिगोर्ट परिवार अन्तरगर्त पर्ने चिनियाँ बृक्ष हो । यो बृक्ष विश्वमा नै अति तिब्र गतिमा बढ्ने रुखहरु मध्ये एक हो । पाउलोनीया प्रजातिको मुख्य उदगम स्थल चीन हो ।चिनियाँ भनाइ अनुसार १ वर्षमा खम्बा जस्तो, ३ वर्षमा छाता जस्तो र ५ वर्षमा फ्ल्याक निकाल्न सकिने खालको बृक्ष हो । जापान र कोरियामा धेरै पहिले देखि नै पाउलोनीया बिरुवाका रुख हुर्काउने चलन थीयो । तर २० औ सताब्दिको अन्तयतिर विश्वले नै यो बहुगुणी रुखलाई मन परायो र सबैले यसका बिरुवा लगाउन थाले ।

हाल आएर लाखौ हेक्टर जमिनमा यसको व्यवसायीक खेती नेपालमा नै पनि सुरु हुन थालेको छ । पाउलोनीया संसारको सबैभन्दा छिटो बढ्ने हलुका, नमक्किने, नवाङिगिने, किरा नलाग्ने, बलियो , वाटरर्प्रुफ र नफुट्ने जस्ता विशेषताहरु भएको रुख हो । नेपालका पहाडी भु–भाग देखि तराईका भु–भागमा यसको खेती गर्न सकिन्छ । बहुगुणी पाउलोनीयाको माग दिनप्रतिदिन बढ्दै गईरहेको छ । आउँनुहोस् बुँदागत रुपमा पाउलोनीयका विशेषताहरु के के छन ?

यसको व्यवसायीक खेती समुद्री सतह देखि २००० मीटरको उचाईसम्म जस्तो सुकै माटोमा पनि गर्न सकिन्छ ।
यो फर्निचरमा प्रयोग हुने विश्वको हल्का काठका साथै धेरै छिटो वृद्धि विकास र परिपक्क हुने बृक्ष हो ।
यसलाई आगोले पनि हतपत डढाउन सक्दैन तथा यसको काठ फुट्दैन र पानीले पनि ज्यादै कम सर गर्दछ ।
यसको जरा सिधा जमिनको गहिराई सम्म जाने भयेकोले अन्य बिरुवाले भन्दा यसले भुक्षय रोक्न धेरै मदत गर्दछ ।
यसको पातमा ३० देखि ४० प्रतिशतसम्म प्रोटिन हुने भएकोले डाले घाँसको रुपमा ज्यादै उपयोगी हुन्छ ।
यो बिरुवाको छिटो मुना पलाउने भएकाले १० वर्षमा १ पटक काटेपछी ६, ७ पटक सम्म एउटैबाट मुना पलाएर काठ लिन सकिन्छ ।
यसको वृद्धि विकास ज्यादै छिटो हुने भएकाले यसलाई आवश्यक पर्ने खाना बनाउन यसले वायुमण्डलमा रहेको कार्बन ठूलो मात्रामा प्रयोग गर्दछ । त्येसैले वातावरण प्रदुषण रोक्नका लागि यो ज्यादै लाभदायक हुन्छ ।
यो बिरुवामा रोग प्रतिरोधात्मक क्षमता धेरै रहेको हुन्छ तथा फाइबरको मात्रा नहुने भएकाले यसलाई किराले पनि खादैन ।
यसलाई लाइनमा करिब ३ फीटको फरकमा लगाउदा यसको सिधा वृद्धि हुन्छ र फर्निचरका लागि ज्यादै राम्रो काठ तयार हुन्छ ।
झ्याल, ढोका, खापा, पलङ, सोफा, टेबुल, कुर्सी, पार्केटिङ, आदि लगायत अन्य सामग्री पानी जहाज, हवाई जहाज, डुङ्गा निर्माणमा प्रयोग हुन्छ ।
विभिन्न खेलौना, मुर्ति, जनावरको आकृती तथा हस्तकलाको सामाग्री बनाउन प्रयोग हुन्छ ।
वस्तुको दाना, कम्पोस्ट मल, जैविक इन्धन तथा वायु शुद्धिकरणको लागि लाभदायक हुन्छ ।
माटोमा नाइट्रोजनको लेभल बढाई उर्भराशक्ती बढाउछ , यो रुख लगाएको सिधा तल खेती गर्दा कुनै पनि असर हुँदैन । सबैको जानकारीका लागि आफुले पढिसकेपछि सेयर गरिदिनुहोला ।

          June 23, 2019 11:51 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...