

साउदीबाट ‘मलाई लिन एयरपोर्ट आउनु है’ भनेर जहाज चढेका प्रेमबहादुर यूएईमाअस्ताए

यूएई – असार ३ गते । साउदीबाट पर्शुराम लिम्बूलाई काकाको फोन आयो । फाेनमा काका प्रेमबहादुर लिम्बूले भन्नुभयाे ‘म भोलि (असार ४ गते) को जहाज चढेर ५ गते काठमाण्डाै आउँदै छु, मलाई लिन एयरपोर्ट आउनु है ।’त्यही फोनका भरमा असार ५ गते पर्शुरामले एयरपोर्ट पुगेर आफ्ना काका प्रेमबहादुर आङबुहाङ लिम्बुलाई पर्खि बस्नु भयो
साउदी अरबबाट यूएई ट्राण्जिट हुँदै बिहानै नेपाल आउने भनेका काका आउनु भएन । विदेशबाट उड्दै आएका जहाज त कति आए आए । सायद काकाले चढ्छु भनेको जहाज पनि आयो होला तर पर्शुरामका काका चाहिँ आउनुभएन । साँझ अबेरसम्म पनि प्रेमबहादुर नआएपछि कुरेर बसेका पर्शुराम कोठा फर्किनुभयो । प्रेमबहादुर काका अर्को दिनसम्म पनि काठमाण्डौमा नझरेपछि पर्शुरामले सोधीखोजी सुरु गर्नुभयो । साउदीबाट आफू चढेकाे जहाज उड्न लागेपछि प्रेमबहादुरले भन्नुभएको थियो ‘ जहाजको ट्रान्जिट दुबईमा छ, भोलि भेटौँला ।’ पर्शुरामलाई काकाले भनेकाे याे कुरा झलझली याद आयाे ।
तुरुन्तै यूएईमा कार्यरत छिमेकी लंक आङबुहाङलाई काकाका बारेमा जानकारी गराउनुभयो । साउदीबाट आएको यअर अरेबिया सारजाह विमानस्थलमा ट्रान्जिटमा परेकाले त्यहीँबाट उहाँका बारेमा जानकारी प्राप्त भयो । बुधबार एयरअ रेबियामार्फत नेपाल फर्कदै गर्नुभएका प्रेमबहादुरले सारजाह विमानस्थलको प्रतिक्षालयमा अचानक रगतसहितको बान्ता गर्नुभएको रहेछ ।त्यसपछि सारजाह अध्यागमनले प्रहरीलाई खबर गरेपछि प्रेमबहादुरलाई कुवेती अस्पतालको आइसीयू कक्षमा राखेर उपचार सुरु भयो । त्यतिबेलासम्म जन्डिसको संक्रमणले अन्तिम अवस्थामा पुगेकाले प्रेमबहादुरका दुवै मृगौलाले काम गर्न छाडेका रहेछन् ।
५ वर्षअघि श्रीमतीको निधन भएपछि घरेलु कामदारको रुपमा साउदी अरब उड्नुभएका ६० वर्षीय प्रेमबहादुर पहिलो पटक नेपाल विदामा फर्किदै हुनुहुन्थ्याे । उहाँका दुई छोरीमध्ये जेठी छोरी पनि गएकाे वर्ष वितेकी थिइन् । कान्छी छोरीको विवाह भइ हाल इलाममा बस्दै आउनुभएको छ । घर फर्किने क्रममा बाटोमै बिरामी पर्नुभएका आफ्ना काकाकाे बारेमा भतिज पर्शुरामले नियमित जानकारी लिइरहनु भएको थियो । सारजाहको कुवेती अस्पतालमा उपचार भइरहेको भन्ने जानकारी पाएपछि ताप्लेजुङ सेवा समाज र संघीय लिम्बुवान सामाजिक मञ्च यूएईका प्रतिनिधीले अस्पतालमै पुगेर प्रेमबहादुरको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिनुभयो ।
तर उपचाररत प्रेमबहादुरको शनिबार बिहान यूएईको सारजाहमा ज्यान गयो । त्यही अस्पतालमा कार्यरत नेपाली सुरक्षागार्डले खबर पाएलगतै शनिबार साँझ आफन्तलाई खबर गरेकाे थियाे । प्रेमबहादुरको शव अहिले पोष्टमार्टमका लागि राखिएको छ ।शव नेपाल फर्काउनका लागि आइतबार दुतावासलाई जानकारी गराउने र थप समन्वय गर्ने ताप्लेजुङ समाजसेवा यूएईका महासचिव भवानी लिम्बुले उज्यालोलाई जानकारी दिनुभयो ।
June 23, 2019 12:06 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

रविन्द्रले जिते एमएफएन टाइटल

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अगस्त ४ मा राजधानी प्यालेस खैतानमा NRNA कुवेतको एकताको महाधिवेशन हुने।

कात्तिक १७ गते हुने उपचुनावका लागि दल दर्ताको आह्वान

जुम्लामा भदौ १५ अघि स्याउ टिप्न रोक

सिन्धुलीको घरबाट सम्पर्कविहीन भनिएका हायू परिवार पोखरामा फेला

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

